Skip to main content

केसी समुहमा रहेका पाठक लिखु गाउँपालिकाको सभापतिमा निर्विरोध निर्वाचित

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकाको सभापतिमा विनोद पाठक निर्विरोध निर्वाचित भएका छन् ।


शनिवार भएको अधिवेशनमा अन्य कुनैपनि उम्मेदवारले सभापतिमा मनोनयन दर्ता नगरेपछि पाठक सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

कांग्रेसको प्रखर वत्ताको रुपमा गाउँपालिकामा पहिचान बनाएका पाठकलाई गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठको पहलमा सर्वसहमत रुपमा सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्।

केसी समुहमा रहेका पाठकको जितसँगै केसी समुहले गाउँ सभापतिको रुपमा खाता खोलेको छ ।

Comments