ताङ्का-श्रीराम श्रेष्ठ
१,
पर्दा पछाडि
अँध्यारो रच्नेहरु
हौसिँदै हिँड्छ
कतिन्जेल हिँड्ने हो
कालो मन बोकेर ।
२,
चर्केको घाम
पसिनाले निथ्रुक्क
थाकेको मन
खोजेको शिीलता
गन्तव्य मरुभूमि ।
३,
सेतो हिमाल
आँखाभित्रै टाँसिने
मोहक दृश्य
प्राकृतिक सम्पदा
देशको पहिचान ।
४,
सुन्दर दृश्य
क्यानाभासले छुँदा
बिद्रम गाउँ
एकोहोरो हेर्दामा
लागेछ स्वर्गजस्तो ।
५,
यात्राको बेला
बन्दीपुर उकालो
बढे घचेट्दै
स्वागत बाटोभरि
लालुपाते फूलले ।
६,
दिन र रात
घुमिरहने चक्र
रमिते हामी
जिन्दगीमा पाहुना
धोका संसार जित्ने ।
७,
मध्यरातमा
निस्क्यो चर्को आवाज
लाज उदाङ्यो
इज्जत जोगाउँदा
च्यात्तिएको आकाश ।
८,
महको चाका
खानलाई साँचेको
इच्छा अधूरो
अनकण्टार बाटो
आँखा हेरेको हेर्यै ।
९,
बिषादी मन
जतिन्जेल बाँचिन्छ
भाग्य बिधाता
जानाजान खाएर
जीवन धान्ने आश ।
- च्यात्तिएको आकाश, २०७६,नुवाकोट
१,
पर्दा पछाडि
अँध्यारो रच्नेहरु
हौसिँदै हिँड्छ
कतिन्जेल हिँड्ने हो
कालो मन बोकेर ।
२,
चर्केको घाम
पसिनाले निथ्रुक्क
थाकेको मन
खोजेको शिीलता
गन्तव्य मरुभूमि ।
३,
सेतो हिमाल
आँखाभित्रै टाँसिने
मोहक दृश्य
प्राकृतिक सम्पदा
देशको पहिचान ।
४,
सुन्दर दृश्य
क्यानाभासले छुँदा
बिद्रम गाउँ
एकोहोरो हेर्दामा
लागेछ स्वर्गजस्तो ।
५,
यात्राको बेला
बन्दीपुर उकालो
बढे घचेट्दै
स्वागत बाटोभरि
लालुपाते फूलले ।
६,
दिन र रात
घुमिरहने चक्र
रमिते हामी
जिन्दगीमा पाहुना
धोका संसार जित्ने ।
७,
मध्यरातमा
निस्क्यो चर्को आवाज
लाज उदाङ्यो
इज्जत जोगाउँदा
च्यात्तिएको आकाश ।
८,
महको चाका
खानलाई साँचेको
इच्छा अधूरो
अनकण्टार बाटो
आँखा हेरेको हेर्यै ।
९,
बिषादी मन
जतिन्जेल बाँचिन्छ
भाग्य बिधाता
जानाजान खाएर
जीवन धान्ने आश ।
- च्यात्तिएको आकाश, २०७६,नुवाकोट
Comments