नुवाकोट साहित्य प्रतिष्ठान नेपालका प्रवक्ता एवम् बुलबुल पब्लिकेसन्स् प्रा.लीका सहयात्री सदस्य बेलकाेटगढी ४ सालखर्क नुवाकोटका युवा साहित्यकार करण तामाङ ग्लान " सायर" का जापानी शैलीका केही राेचक डाेडाेइट्सुहरु सार्वजनिक गरिएको छ । डाेडाेइट्सु जापानी लाेकप्रिय साहित्यकाे एक विधा हाे । ७,७,७,५ नियममा रहेर माया प्रेम र व्याङ्ग्यात्मकतामा डाेडाेइट्सु लेखिनु पर्दछ । हाल सम्म नेपालमा लाेकप्रिय युवा कवि श्रीराम श्रेष्ठ , रामकृष्ण अमर र युवा कवि करण तामाङ ग्लान सायरले मात्रै डाेडाेइट्सुमा कलम चलाएको पाइन्छ । सायरकाे नयाँ डाेडाेइट्सुहरु यसरी लेखिएको छ:-
एक )
चाउरिएकाे गाला
खुम्चिएकाे निधार
नक्कल तरुणकाे
घसेर तेल ।
दुई )
पुटुक्क भइन्जेल
परिकै घमण्ड भा
सुक्दै गएछ छाती
खै काउकुती ।
तीन)
तिर्खाए पछि माझी
खाेली भरी भा पानी
कताबाट पिउने
अकमक्कियाे ।
चार)
पापी अाँखाहरु रे
त्याे उत्ताैली याेवन
अझ सरेको जामा
सम्हाल्नु ठुली ।
पाँच )
चढेको ती जवानी
थुक निल्दै बसेछ
अाेँठ नखुले पछि
बढ्या छट्पटी ।
तामाङले प्राय जसाे महिला र पुरुषकाे माया प्रेम तथा बढ्ने काैतुहलतालाई व्याङ्ग्या गरेर डाेडाेइट्सु लेख्ने गर्छन् । तामाङ नेपाली साहित्य लेखन मात्र नभएर नेपाल कराँतेकाे राष्ट्रिय रेफ्रि , नेपाली हाँस्यटेली चलचित्र निर्देशक एवम् कलाकार, सञ्चारकर्मी रहनुका साथै अाफ्नाे मातृभाषा तामाङ भाषामा पनि साहित्यका रचनाहरु सार्वजनिक गर्ने गर्दछन् ।
लेखक:-
करण तामाङ ग्लान "सायर"
बेलकोटगढी-४ सालखर्क,नुवाकोट

Comments