सिजो कविता
१,
पर्खिएँ तिमीलाई आफ्नो मान्छे बनाउन
विश्वास गर्नुपर्थ्यो आफ्नै सम्झी नाता जोड्न
तड्पिएँ लामो समय आफ्नो मान्छे भइनौ ।
२,
मलाई तड्पाउँछौ सधैंभरि कति पर्खौ
समय बित्ने हो कि तिमीलाई पर्खिबस्दा
खुलेरै चुपचाप भनिदेउ आफैले ।
३,
मायाले धोका दिँदा चिच्याउँदै ढलिहालेँ
पर्खिएँ आउलाउ भनिबसेँ तिमीलाई
सम्बन्ध बिग्रिएपछि अर्कै मान्छे सम्झेर ।
४,
बाँधेर अँगालोमा मायाप्रिति लाएथियौँ
कसरी बिछोडिएँ कसलाई भनु मैले
अतीत खोलेर हेर्दा डरलाग्दो घटना ।
५,
संयोग भन्नै पर्छ भेटघाट तिम्रो मेरो
विश्वास गर्दा पनि घात भयो तिमीबाट
ढिलायौ प्रेम प्रस्ताव मनलाई सारेर ।
६,
राखेर तिमीलाई मुटुभरि सजाएथें
सम्झेथेँ विश्वासले आस्था निभ्न कहाँ देला
आखिर लत्याइहाल्यौ दोबाटोमा एक्ल्याई ।
लेखक:-श्रीराम श्रेष्ठ - बट्टार,नुवाकोट
१,
पर्खिएँ तिमीलाई आफ्नो मान्छे बनाउन
विश्वास गर्नुपर्थ्यो आफ्नै सम्झी नाता जोड्न
तड्पिएँ लामो समय आफ्नो मान्छे भइनौ ।
२,
मलाई तड्पाउँछौ सधैंभरि कति पर्खौ
समय बित्ने हो कि तिमीलाई पर्खिबस्दा
खुलेरै चुपचाप भनिदेउ आफैले ।
३,
मायाले धोका दिँदा चिच्याउँदै ढलिहालेँ
पर्खिएँ आउलाउ भनिबसेँ तिमीलाई
सम्बन्ध बिग्रिएपछि अर्कै मान्छे सम्झेर ।
४,
बाँधेर अँगालोमा मायाप्रिति लाएथियौँ
कसरी बिछोडिएँ कसलाई भनु मैले
अतीत खोलेर हेर्दा डरलाग्दो घटना ।
५,
संयोग भन्नै पर्छ भेटघाट तिम्रो मेरो
विश्वास गर्दा पनि घात भयो तिमीबाट
ढिलायौ प्रेम प्रस्ताव मनलाई सारेर ।
६,
राखेर तिमीलाई मुटुभरि सजाएथें
सम्झेथेँ विश्वासले आस्था निभ्न कहाँ देला
आखिर लत्याइहाल्यौ दोबाटोमा एक्ल्याई ।
लेखक:-श्रीराम श्रेष्ठ - बट्टार,नुवाकोट
Comments