१,तिमी नहुँदा
डरलाग्दो सपना
पग्लेर गयो
सम्झे तिमीलाई नै
बादलसङ्गै भाग्दा ।
२,
समाउ चुल्ठो
भाग्न खोजेकी तिमी
हडबडियौ
यसो हेरेको मात्र
सपना झस्किहाल्यो ।
३,
हेरि नै रहेँ
मुस्लो भएर आयो
तिमी हरायौ
छुट्याउनै सकिन
कुहिरो खसिहाल्यो।
४,
समाउँ भन्दा
हात नै लुलो भयो
भीडमा तिमी
पाइला अघिअघि
बीचमै छाया ढल्दा ।
५,
आवाज सुन्छु
उज्यालो अनुहार
तरुनो रात
तिमी हास्न खोजेको
छेकिहाल्यो कसैले ।
६,
खाल्टाे नखन्दै
सपना डुबिहाल्यो
तिमी पग्लेको
कसैले ठेल्यो मात्र
च्यापामा निलो पार्दै ।
लेखक:-
पुष्कर लोहोनी(घट्टेकुलो,काठमाडौ)
डरलाग्दो सपना
पग्लेर गयो
सम्झे तिमीलाई नै
बादलसङ्गै भाग्दा ।
२,
समाउ चुल्ठो
भाग्न खोजेकी तिमी
हडबडियौ
यसो हेरेको मात्र
सपना झस्किहाल्यो ।
३,
हेरि नै रहेँ
मुस्लो भएर आयो
तिमी हरायौ
छुट्याउनै सकिन
कुहिरो खसिहाल्यो।
४,
समाउँ भन्दा
हात नै लुलो भयो
भीडमा तिमी
पाइला अघिअघि
बीचमै छाया ढल्दा ।
५,
आवाज सुन्छु
उज्यालो अनुहार
तरुनो रात
तिमी हास्न खोजेको
छेकिहाल्यो कसैले ।
६,
खाल्टाे नखन्दै
सपना डुबिहाल्यो
तिमी पग्लेको
कसैले ठेल्यो मात्र
च्यापामा निलो पार्दै ।
लेखक:-
पुष्कर लोहोनी(घट्टेकुलो,काठमाडौ)
Comments