नुवाकोट । काेराेना भाइरस संक्रमितकाे संख्या नेपालमा दिनानुदिन बढिरहेको छ । यसबाट सुरक्षित रहनकाे लागि विभिन्न उपायहरू अपनाउन सकिन्छ, जसमध्ये माक्स अनिवार्य रुपमा लगाउनु , भिडभाडमा सामेल नहुनु पनि महत्त्वपूर्ण उपाय हाे । गाउँघरमा माक्स उपलब्ध त्यही रहँदैन । यसैअनुसार काेराेना भाइरस संक्रमनबाट जाेगीयाेस र सुरक्षित रहाेस भनेर नुवाकोट बेलकाेटगढीका समाजसेवी तथा युवा नेता नेता इन्द्र लामा र धर्म गुरु , समाजसेवी तथा युवा नेता शेरब लामाले गणतन्त्र दिवस-२०७७ को अवसर पारेर शुभ-अारम्भ अनलाइन युवा क्लबलाई माक्स प्रदान गर्नुभएको छ ।
बेलकाेटगढी वडा नम्बर ४ का जनताहरुलाई वितरण गर्ने गरी नेता लामाले शुभ-अारम्भ अनलाइन क्लबका अध्यक्ष डिल बहादुर लामालाई बिहिवार २०० थान माक्स हस्तान्तरण गर्नुभएको हाे । शुभ-अारम्भ अनलाइन युवा क्लबकाे अगुवाइमा जनतालाई वितरण गर्ने गरि प्रदान गरिएको माक्स शुक्रबार गाउँ गाउँमा जनताको घरघरमा पुगेर क्लबले वितरण गर्ने भएको छ ।
साहित्यकार , पत्रकार एवम् क्लबका अध्यक्ष डिल बहादुर लामा र कलाकार एवम् क्लबका सल्लाहकार करण तामाङ ग्लानले घर घरमा पुगेर माक्स वितरण गर्ने कुरा शुभ-अारम्भ अनलाइन क्लबले जानकारी दिएको छ ।
Comments