सिजो कविता
- श्रीराम श्रेष्ठ
१,
आकाश धमिलिँदै निराशमा तनमन
सोचाइ थाँती राख्दा मडारियो इच्छाहरु
लिएर पीडाको पोको लम्की लम्की हिँडेको ।
२,
थर्केर एकनास प्रलयमा फसेपछि
जिस्कायो सधैंजसो प्राण धान्न पनि धौधौ
सोचेको सपना भनी भागिहाल्यो बिर्सेर ।
३,
मनमा आगो बाल्दै आक्रोशमा भैतारिँदै
चिन्ताले बौलाएछु आफै आफै मौन बसेँ
विरक्त लाग्दालाग्दैमा आत्माहत्या सम्झेछु ।
४,
साँघुरो बाटो थियो अघि सर्न हम्मेहम्मे
थकित ज्यानलाई आरामको महसुस
आराम गर्नाका लागि ओछ्यानमा पल्टेको ।
५,
जीवन जगतमा खुसीसाथ हेरिरहे
कसैको पर्खाइमा कतिन्जेल कुरिरहुँ
सम्बन्ध जोडिँदा पनि पर्खाइमा उन्मक्त ।
- श्रीराम श्रेष्ठ
१,
आकाश धमिलिँदै निराशमा तनमन
सोचाइ थाँती राख्दा मडारियो इच्छाहरु
लिएर पीडाको पोको लम्की लम्की हिँडेको ।
२,
थर्केर एकनास प्रलयमा फसेपछि
जिस्कायो सधैंजसो प्राण धान्न पनि धौधौ
सोचेको सपना भनी भागिहाल्यो बिर्सेर ।
३,
मनमा आगो बाल्दै आक्रोशमा भैतारिँदै
चिन्ताले बौलाएछु आफै आफै मौन बसेँ
विरक्त लाग्दालाग्दैमा आत्माहत्या सम्झेछु ।
४,
साँघुरो बाटो थियो अघि सर्न हम्मेहम्मे
थकित ज्यानलाई आरामको महसुस
आराम गर्नाका लागि ओछ्यानमा पल्टेको ।
५,
जीवन जगतमा खुसीसाथ हेरिरहे
कसैको पर्खाइमा कतिन्जेल कुरिरहुँ
सम्बन्ध जोडिँदा पनि पर्खाइमा उन्मक्त ।
लेखक:-
श्रीराम श्रेष्ठ(बट्टार,नुवाकोट)
Comments