करण तामाङ -नुवाकोट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य माननीय बहादुर सिंह लामा तामाङले नुवाकोटका सबै सैन्य ब्यारेक , प्रहरी चाैकी , ट्राफिक प्रहरी कार्यलय, पत्रकारहरु र नुवाकोटका बाह्रै वटा स्थानीय सरकारलाई शनिबार स्वास्थ्या सामाग्री प्रदान गर्नुभएको छ ।
प्रभावशाली युवा नेता सांसद तामाङले १५५ सेट पिपिई ( बुटसहित ) , ५५ थान इन्फ्रारेड फाेरहेड थर्माेमिटर / थर्मल गन , १२ थान सेनिटाइजर स्प्रे मेसिन , ८०० थान एन नाएन्टिभाइभ माक्स , १०,००० थान सर्जिकल माक्स , ५,००० थान कपडाको माक्स , १०५ लिटर सेनिटाइजर, सावुनहरु , र एक थान बिग स्प्रे मेसिन वितरण गर्नुभएको हाे ।
काेभिड १९ संक्रमण हुनाबाट बचाउन जनतालाई सुरक्षा प्रदान गरियोस् भनेर स्थानीय सरकारलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हाे ।
नुवाकोट जिल्लाका बाह्रै वटा स्थानीय सरकार गाउपालिका तथा नगरपालिका प्रमुखलाई नुवाकोट जिल्ला समन्वय समिति प्राङ्गण विदुरमा बाेलाएर
५-५ सेट पिपिई , २-२ थान थर्मल गन , १-१ थान सेनिटाइजर स्प्रे मेसिन , ५-५ लिटर ह्यान्ड सेनिटाइजर , ५-५ लिटर क्लाेरिन युक्त स्प्रे सेनिटाइजर , २०-२० थान एन नाएन्टीभाइभ माक्स , ३००-३०० थान सर्जिकल माक्स , २००-२०० कपडाको माक्स र साबुन वितरण गर्नुभएको छ । यसैगरी मैथिली सैन्य तालिम केन्द्र , जिल्ला प्रहरी कार्यलय , जिल्ला ट्राफिक प्रहरी कार्यलय, नेपाली काँग्रेसका स्थानीय नेताहरु , सक्रिय पत्रकार लगायतलाई पिपिई , थर्मल गन , एननाएन्टीभाइभ माक्स , सर्जिकल माक्स , कपडाकाे माक्स , सेनिटाइजर , सावुन लगायतका सामग्रीहरु वितरण गर्नुभएको छ । विदुर स्थित जिल्ला ट्राफिक कार्यलयलाई भने बिग स्प्रे मेसिन प्रदान गर्नुभएकाे छ ।
विकासप्रेमी सांसद तामाङकाे याे सहयोग र सक्रियतालाई कदर गर्दै नुवाकोटका सबै स्थानीय सरकार प्रमुखहरुले खुसी व्यक्त गरेका छन् । सांसद तामाङ भन्नुहुन्छ " काेभिड १९ बाट बँच्न हामी सबै जना स्वास्थ्य सुरक्षामा लाग्नुपर्दछ , अाफ्नाे मात्रै नभएर परिवारकाे सुरक्षा , परिवार मात्रै नभएर , गाउँकाे पनि सुरक्षा दिन सक्याे भने गाउँ गाउँ हुँदै पालिका , पालिका पालिका हुँदै सिङ्गाे जिल्ला, जिल्ला जिल्ला हुँदै याे मुलुकलाई सुरक्षा दिन सक्छाैँ । त्यसकारण काेराेनाबाट बँच्न बचाउन व्यक्ति र परिवारकाे ठुलाे भुमिका रहन्छ , यस विषयमा सबै सचेत रहेर भुमिका निर्वाह गर्नुपर्छ । सम्पूर्ण नेपाली जनताकाे स्वास्थ्य सुरक्षा गर्नु म लगायत हामी सबैकाे जिम्मेवारी हाे । "
सांसद तामाङले यस अघि पनि नुवाकोटका विभिन्न स्थानीय सरकारकाे ढाेका ढाेकामा पुगेर स्वास्थ्य सामाग्री वितरण गरिसक्नु भएको थियो ।

Comments