सिजो कविता
- पुष्कर लोहनी
१,
चोखो पानी छचल्किन्छ आँखा झिम्काएपछि
ठाउँ हेरेर विश्वास पोख्नुपर्छ आफैँले
ढाडे बिरालो रुँदैन मुखै छोपेर त्यसै ।
२,
झ्यालभित्र छिर्न खोज्दा साँझपखको हावा
सपना उमृन थाल्दा निभ्न खोजेको रात
नर्कट गाडेर लुक्छ खोर थाप्न पल्केको ।
३,
सुत्ने बेलामा फेरेको ढोका खुला राखेर
अलग्गै अँध्यारो कुना देख्नेले नदेखेको
कसैले झोसिदिएछ बलिरहेको दियो ।
४,
थुप्रो खोतल्न खोजेको बिर्सेँ सम्झेको रुप
धापिलो ओरालो खोँच , ठाडो तिखी चट्टान
अँध्यारो दुलो छोपेर पासो थापेको ठाउँ ।
५,
पल्टाएर हेरेपछि ओल्टाउने रहर
बादल दौडिन थाल्यो बाङ्गो मुख बिगार्दै
आफ्नै ठानेर लछार्दा रहरै चिप्लिएको ।
लेखक:-
पुष्कर लोहोनी (घट्टेकुलो,काठमाडौँ)
- पुष्कर लोहनी
१,
चोखो पानी छचल्किन्छ आँखा झिम्काएपछि
ठाउँ हेरेर विश्वास पोख्नुपर्छ आफैँले
ढाडे बिरालो रुँदैन मुखै छोपेर त्यसै ।
२,
झ्यालभित्र छिर्न खोज्दा साँझपखको हावा
सपना उमृन थाल्दा निभ्न खोजेको रात
नर्कट गाडेर लुक्छ खोर थाप्न पल्केको ।
३,
सुत्ने बेलामा फेरेको ढोका खुला राखेर
अलग्गै अँध्यारो कुना देख्नेले नदेखेको
कसैले झोसिदिएछ बलिरहेको दियो ।
४,
थुप्रो खोतल्न खोजेको बिर्सेँ सम्झेको रुप
धापिलो ओरालो खोँच , ठाडो तिखी चट्टान
अँध्यारो दुलो छोपेर पासो थापेको ठाउँ ।
५,
पल्टाएर हेरेपछि ओल्टाउने रहर
बादल दौडिन थाल्यो बाङ्गो मुख बिगार्दै
आफ्नै ठानेर लछार्दा रहरै चिप्लिएको ।
लेखक:-
पुष्कर लोहोनी (घट्टेकुलो,काठमाडौँ)
Comments