बेलकोटगढी।अहिले बिश्वब्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को संक्रमणकालिन् समयमा विभिन्न ठाउँमा विभिन्न तरिकाले विकासका कार्यहरु सुचारु भैरहेका छन्।जताततै कोरोना कै खल्लिबल्ली मच्चिरहेका बेला गाउँ ठाउँ र शहर बजारका हरेक स्थानहरुमा सामाजिक दुरि कायम गर्दै विकासका निर्माण गतिविधिहरु निरन्तर अगाडि बढिरहेको पाइन्छ।त्यस्तै नुवाकोटको सिउरेनिमा पनि खेल मैदान कार्यले तिब्रता रुप लिदै छन्।
बेलकोटगढी नगरपालिका वडा नम्बर ९ सिउरेनीमा रहेका युवा क्लब श्री शुभ बिहानीका युवाहरुद्वारा खेल मैदानको पर्खाल निर्माणका कार्य भैरहेको छ।विश्व आतंकित समयमा सामाजिक दुरि कायम गर्दै निर्माण कार्यमा लागिपरेको र सम्पुर्णले सुरक्षाको वातावरण कायम गरेर निर्माण कार्य अगाडि बढाइरहेको सोही युवा क्लबका अध्यक्ष टिकाराम तामाङले हामिसङ्ग कुराकानीको समयमा जानकारी दिनु भएको हो।लकडाउनको समयलाई सदुपयोग गर्दै खेल जगतमा स्थानीयबासीहरुसङ्गै खेलाडी युवाहरु एकताबद्द रूपमा लागिपरेकोमा खुशी लागेको समेत क्लबका अध्यक्ष तामाङले बताउनु भयो।
Comments