कोरियन शैलीका सिजो कविता
-श्रीराम श्रेष्ठ
१,
तिमीले भनेपछि मान्नै पर्ने सबै कुरा
पागल बन्दै बोल्दै अन्धभक्त बन्नुपर्ने
पिल्छिएँ लामो समय धोका दियौ तिमीले ।
२
आँखाको नानीभित्र राख्नलाई मन थियो
बिर्सेर नाता तोडी अर्कैसँग उठबस
समालेँ आफ्नो रहर दबाएर बेसरी ।
३,
चोरेर तिमीलाई लुकाउँछु अँध्यारैमा
उमेर झर्न थाल्यो भरिएको चिसो खाल्टो
पर्खाइ तन्किएपछि बाटिएको धागोले ।
४,
फुत्कन खोज्दाखेरी अँठ्याएर समाइयो
मायाले बाँधिएर अङ्कमाल गरिहाल्यौ
सकेनौ डल्लो भएर फाटिएर आफैमा ।
५,
सम्झेको तिमीलाई आफ्नो मान्छे दिलैदेखि
एक्लैले चाहँदामा पूरा हुन्न मनोइच्छा
बुझेर बुझ पचायो आफैं पर्यो फन्दामा ।
लेखक:-श्रीराम श्रेष्ठ(बट्टार,नुवाकोट)
-श्रीराम श्रेष्ठ
१,
तिमीले भनेपछि मान्नै पर्ने सबै कुरा
पागल बन्दै बोल्दै अन्धभक्त बन्नुपर्ने
पिल्छिएँ लामो समय धोका दियौ तिमीले ।
२
आँखाको नानीभित्र राख्नलाई मन थियो
बिर्सेर नाता तोडी अर्कैसँग उठबस
समालेँ आफ्नो रहर दबाएर बेसरी ।
३,
चोरेर तिमीलाई लुकाउँछु अँध्यारैमा
उमेर झर्न थाल्यो भरिएको चिसो खाल्टो
पर्खाइ तन्किएपछि बाटिएको धागोले ।
४,
फुत्कन खोज्दाखेरी अँठ्याएर समाइयो
मायाले बाँधिएर अङ्कमाल गरिहाल्यौ
सकेनौ डल्लो भएर फाटिएर आफैमा ।
५,
सम्झेको तिमीलाई आफ्नो मान्छे दिलैदेखि
एक्लैले चाहँदामा पूरा हुन्न मनोइच्छा
बुझेर बुझ पचायो आफैं पर्यो फन्दामा ।
लेखक:-श्रीराम श्रेष्ठ(बट्टार,नुवाकोट)
Comments