सिजो कविता
- श्रीराम श्रेष्ठ
१,
समय शक्तिशाली रोकिँदैन चिच्याएर
सपना देख्छौँ हामी पूर्णतामा बन्दी हुँदै
चलाख गोटी चालेर बौद्धिकता प्रस्तुत ।
२,
हेरेको हैसियत आफैलाई लाज भयो
लाजले छोपिँदिंदा घृणा जाग्यो आफैभित्र
घमण्ड फाल्नुपर्दछ आफैलाइ सुधारी ।
३,
लम्कँदै अघिअघि आफुलाई खियाउँदै
जीवन धकेलिँदा अन्त्यहीन सोचहरु
हामिले दिवास्वप्नमा कतिन्जेल दौडने ।
४,,
हाँसेर ख्यालठट्टा गर्दाखेरि रमाइलो
मस्तीमा हाँसीखुसी मनलाई शान्तिप्राप्ति
जीवन खेलौना भए कति हुन्थ्यो सजिलो ।
५,
बिरानो लाग्न थाल्यो छोटो दिन सम्झिएर
गरेर पश्चात्ताप दु:खी मन हताँरिदै
ढल्किँदा जवानीलाई जिब्रो काट्दै हाँसेको ।
६,
बुझेर आफैलाई आनन्दमा जोगाएको
घमण्ड जति गर्यो सिध्याउँछ जानी राखौँ
सबैले बुझ्नुपर्नेर्छ आफ्नो आफ्नो दायित्व ।
- श्रीराम श्रेष्ठ
१,
समय शक्तिशाली रोकिँदैन चिच्याएर
सपना देख्छौँ हामी पूर्णतामा बन्दी हुँदै
चलाख गोटी चालेर बौद्धिकता प्रस्तुत ।
२,
हेरेको हैसियत आफैलाई लाज भयो
लाजले छोपिँदिंदा घृणा जाग्यो आफैभित्र
घमण्ड फाल्नुपर्दछ आफैलाइ सुधारी ।
३,
लम्कँदै अघिअघि आफुलाई खियाउँदै
जीवन धकेलिँदा अन्त्यहीन सोचहरु
हामिले दिवास्वप्नमा कतिन्जेल दौडने ।
४,,
हाँसेर ख्यालठट्टा गर्दाखेरि रमाइलो
मस्तीमा हाँसीखुसी मनलाई शान्तिप्राप्ति
जीवन खेलौना भए कति हुन्थ्यो सजिलो ।
५,
बिरानो लाग्न थाल्यो छोटो दिन सम्झिएर
गरेर पश्चात्ताप दु:खी मन हताँरिदै
ढल्किँदा जवानीलाई जिब्रो काट्दै हाँसेको ।
६,
बुझेर आफैलाई आनन्दमा जोगाएको
घमण्ड जति गर्यो सिध्याउँछ जानी राखौँ
सबैले बुझ्नुपर्नेर्छ आफ्नो आफ्नो दायित्व ।
Comments