डोडोइट्सुहरु
- श्रीराम श्रेष्ठ
१,
बितृष्णाले घेरिंदा
भार बन्यो जीवन
घिस्रिदै दु:खी मन
बुढ्यौली हात्ती ।
२,
लाचार बन्दा पनि
ठूलो हिस्सा खोजेको
भोक भोकै परिंदा
निलेको थुक ।
३,
जेलिएको पीडाले
सकिएन थामिन
आँसुले भिज्दा मन
गुमेछ होश ।
४,
मेलमिलाप राम्रो
बुझ्नुपर्छ सबैले
औषधी हो सुखको
सधैं उज्यालो !
५,
भीडभाडमा तिमी
टाढैबाट देखेथें
नकचरी रमिते
आँखा लजायो !
६,
दु:खले जिस्क्याउँदा
भारी बनेको मन
अँध्यारो रोज्न बाध्य
अगाल्दै पीडा !
लेखक:-
श्रीराम श्रेष्ठ (बट्टार,नुवाकोट)
- श्रीराम श्रेष्ठ
१,
बितृष्णाले घेरिंदा
भार बन्यो जीवन
घिस्रिदै दु:खी मन
बुढ्यौली हात्ती ।
२,
लाचार बन्दा पनि
ठूलो हिस्सा खोजेको
भोक भोकै परिंदा
निलेको थुक ।
३,
जेलिएको पीडाले
सकिएन थामिन
आँसुले भिज्दा मन
गुमेछ होश ।
४,
मेलमिलाप राम्रो
बुझ्नुपर्छ सबैले
औषधी हो सुखको
सधैं उज्यालो !
५,
भीडभाडमा तिमी
टाढैबाट देखेथें
नकचरी रमिते
आँखा लजायो !
६,
दु:खले जिस्क्याउँदा
भारी बनेको मन
अँध्यारो रोज्न बाध्य
अगाल्दै पीडा !
लेखक:-
श्रीराम श्रेष्ठ (बट्टार,नुवाकोट)
Comments