Skip to main content

छ हाइकु -पुष्कर लोहनी

 हाइकु
१, 
हिलोको थुप्रो 
छिर्न खोजेथ्यो माछो
ठाेकिँदा चिप्ल्यो !
२,
मीठो आवाज
पग्लिएको सम्झना
झरेको छाया !
३,
फूल फुल्नु हो
आँखा नै लोभी हुँदा
दोषी कुन्नि को!
४,
सिद्धपोखरी 
ढलभित्र पसेछ
तर्सेको माछो !
५,
मह चाटेको
फूलको अनुहार
भुसुक्कै बिर्सेँ !
६,
घाम चर्किंदा
उडेको कालो मन
चुलो भत्किँदा !
     
         लेखक:-
पुष्कर लोहोनी(घट्टेकुलो,काठमाडौँ)

Comments