डोडोइट्सुहरु
- श्रीराम श्रेष्ठ
१,
निष्ठुरी मायालुले
मुटु चुडाल्दै भाग्दा
पानी बिनाको माछा
बाँच्नु नै व्यर्थ ।
२,
आफ्नै मुटु सम्झेर
गरे विश्वास चौडा
उपहार नै धोका
माया बैगुनी ।
३,
अतीतको यादले
एेना बनी आँखामा
सम्झे मीठो बिगत
खोतल्दै छाया ।
४,
स्वीकारिएको गल्ती
ढाकछोप गरिंदा
एेना बन्दै मस्केर
तर्सेको लाज ।
५,
हुरी बतास चल्दा
देखिदैन आँखाले
मनमा डर पस्दा
खोज्दै सहारा ।
६,
दु:खी मनको भाव
बुझ्ने कोही भएन
घुम्सिएको रहर
हासो नक्कली ।
श्रीराम श्रेष्ठ(बट्टार,नुवाकोट)
- श्रीराम श्रेष्ठ
१,
निष्ठुरी मायालुले
मुटु चुडाल्दै भाग्दा
पानी बिनाको माछा
बाँच्नु नै व्यर्थ ।
२,
आफ्नै मुटु सम्झेर
गरे विश्वास चौडा
उपहार नै धोका
माया बैगुनी ।
३,
अतीतको यादले
एेना बनी आँखामा
सम्झे मीठो बिगत
खोतल्दै छाया ।
४,
स्वीकारिएको गल्ती
ढाकछोप गरिंदा
एेना बन्दै मस्केर
तर्सेको लाज ।
५,
हुरी बतास चल्दा
देखिदैन आँखाले
मनमा डर पस्दा
खोज्दै सहारा ।
६,
दु:खी मनको भाव
बुझ्ने कोही भएन
घुम्सिएको रहर
हासो नक्कली ।
श्रीराम श्रेष्ठ(बट्टार,नुवाकोट)
Comments