ताङ्का- श्रीराम श्रेष्ठ
१,
तिम्रो मायामा
अन्धभक्त बनेर
दिल जलेछ
भोक प्यास हटेर
धोका मिल्दा रन्थने ।
२
निष्ठुरी माया
आत्मीयता गाँसेर
जोड्दै जीवन
गुम्सेको न्यानो माया
अन्धो बन्दा आपत्ति ।
३,
मायाको गन्ध
छिरिहाल्ने भित्र नै
टाँस्सिदै आफै
भनेको जस्तो खोज्ने
एक्लो हुँदै बाँचेका ।
४,
काखमा राखी
माया गर्ने बहाना
रेटेछ छुरा
निर्दयी माभित्र
उठेछ ज्वारभाटा ।
५,
माया जोडियो
खुसी सबै तानियो
नक्कली खुसी
चञ्चले भइदिँदा
पीडाको थुप्रैथुप्रो ।
६,
बाचा कसम
मनमुटु साटेर
बाँधेको माया
समयको चालमा
मन फाट्दा छुट्टिने ।
७,
प्रेमिल जोडी
रङ्गिन सपनामा
रमाइ हिँड्दा
प्रेम साट्नका लागि
बसिँदै गुप्तबास ।
८,
फुत्कन खोज्दा
मायाले बाँधिएर
टाँसे छातीमा
खुशी दिन खोज्दामा
मातेको मया बैरी ।
९,
गहिरो चिनो
मायाले टाँसिराख्दा
बाँच्ने आधार
सम्झनाको छायाले
जिस्काउँछ सधै नै ।
- च्यात्तिएको आकास ( २०७७,नुवाकोट )
श्रीराम श्रेष्ठ(बट्टार,नुवाकोट)
१,
तिम्रो मायामा
अन्धभक्त बनेर
दिल जलेछ
भोक प्यास हटेर
धोका मिल्दा रन्थने ।
२
निष्ठुरी माया
आत्मीयता गाँसेर
जोड्दै जीवन
गुम्सेको न्यानो माया
अन्धो बन्दा आपत्ति ।
३,
मायाको गन्ध
छिरिहाल्ने भित्र नै
टाँस्सिदै आफै
भनेको जस्तो खोज्ने
एक्लो हुँदै बाँचेका ।
४,
काखमा राखी
माया गर्ने बहाना
रेटेछ छुरा
निर्दयी माभित्र
उठेछ ज्वारभाटा ।
५,
माया जोडियो
खुसी सबै तानियो
नक्कली खुसी
चञ्चले भइदिँदा
पीडाको थुप्रैथुप्रो ।
६,
बाचा कसम
मनमुटु साटेर
बाँधेको माया
समयको चालमा
मन फाट्दा छुट्टिने ।
७,
प्रेमिल जोडी
रङ्गिन सपनामा
रमाइ हिँड्दा
प्रेम साट्नका लागि
बसिँदै गुप्तबास ।
८,
फुत्कन खोज्दा
मायाले बाँधिएर
टाँसे छातीमा
खुशी दिन खोज्दामा
मातेको मया बैरी ।
९,
गहिरो चिनो
मायाले टाँसिराख्दा
बाँच्ने आधार
सम्झनाको छायाले
जिस्काउँछ सधै नै ।
- च्यात्तिएको आकास ( २०७७,नुवाकोट )
श्रीराम श्रेष्ठ(बट्टार,नुवाकोट)
Comments