सिजो कविता- श्रीराम श्रेष्ठ
१,
समय पर्खिबसे साँझपख मनरोयो
बुझाएँ आफ्नै मन कसोगरी चित्तदुःख्यो
दुखिद अनुहारले खोजिएछ सान्त्वना ।
२,
सकेनौ माया दिन चुपचाप बसिरह्रयाै
सम्झेको बेला तिमी लजाएको हुनुपर्छ
पर्खिएँ लामोसमय सपनीमा रहेछु ।
३,
विश्वास गर्नेलाई घात गर्छौ जानिजानि
कोमल हृदयमा चोटपुग्छ अनायस
हुँदैन पछुताएर बाटो छेक्दै हिंडेछ ।
४,
शितल छहारीमा एक्लै बसी मनसाँटे
हृदय जल्नथाले शान्ति छैन मनलाई
हानेछ छटपटिए एक्लैएक्लै भएछु ।
५,
राखेको तिमीलाई हृदयको छहारीमा
ममता जगाउनु पर्ने थियो तिमीबाट
मरेको जीबन कथा अल्झिरह् यो हासेरै ।
६,
खोज्दैछु माया गर्ने मान्छेलाई यताउता
सम्झेर बिर्सनेहरु खाल्टो खोज्दै मेरा लागि
छोडेछ सम्झनालाई लत्याउदै हिडेेछ ।
Comments