दुईपिपल-नुवाकोट ।श्री दुईपिपल महिला साना किसान कृषि सहकारी संस्था लि.को ८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साविकको दुईपिपलमा रहेको दुईपिपल महिला साना किसान कृषि सहकारी संस्थाले शनिबार बार्षिक साधारण सभा सम्पन्न गराएको हो । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०७८ संस्थाका अध्यक्ष पवित्रा घिमिरेले प्रस्तुत गर्नु भएको थियो ।
वि.स २०७० सालमा स्थापना भएको सहकारीको शेयर पुँजी १ करोड ३० लाख ५१ हजार रहेको छ । सहकारीको नगद मौज्दात २ लाख ०७ हजार ५ सय ४८ रुपैंयाँ ७८ पैसा,बैंक मौज्दात ४७ लाख ०८ हजार ७ सय ७२ रुपैंयाँ ३३ पैसा,सदस्यहरमा ऋण लगानी ८ करोड २८ लाख ५६ हजार ८ सय ९२ रुपैंयाँ ४० पैसा, सहकारीको नाफा ३९ लाख २४ हजार रहेको सहकारीका प्रबन्धक रमेश कुमार श्रेष्ठले जानकारी दिनु भएको छ ।
संस्थामा अहिले १४४ वटा समुह तथा ९४९ जना शेयर सदस्य रहेका छन्।कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान समेत गरेको सहकारीका प्रवन्धक श्रेष्ठले बताउनु भयो ।
कार्यक्रमा बेलकोटगढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अन्तराम नेपाल, श्री दुईपिपल महिला साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष पवित्रा घिमिरे, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधी, सहकारीका शेयर सदस्यहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
Comments