काठमाडौं । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १७१ बढी मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।
पार्टीको चार दिनदेखि राजधानीमा जारी महाधिवेशनको अन्तिम दिन हिजो नेतृत्वका लागि चुनाव भएका थियो । रातिदेखिनै भएको मतगणनाको भरखरै प्राप्त नतिजा अनुसार लिङदेनले थापालाई १ सय ७१ मत अन्तरले हराउँदै पार्टीको अध्यक्ष जितेका हुन।
Comments