राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोट र जिल्ला कार्यसमिति रसुवाको चाैथाे वार्षिक साधारणसभा साेमबार टप राजधानी राेधी घर मित्रनगर टेलिकम नयाँ बसपार्कमा रहने भएको छ । संघ नुवाकोट र रसुवामा २०७४ सालका विस्तार भएर अहिले चाैँथाे वर्ष पूरा गरेको हाे । रसुवा र नुवाकोटकाे एउटै सभामा कार्यक्रम सम्पन्न गर्न लागेको हाे । कार्यक्रम संयाेजक संघका रसुवा जिल्ला अध्यक्ष दावा फिञ्जाे तामाङ र संघका नुवाकोट जिल्ला अध्यक्ष रहेको छ । कार्यक्रम व्यवस्थापन संघका नुवाकोट जिल्ला सचिव करण तामाङ रहेको कुरा नुवाकोट जिल्ला प्रवक्ता डिल ब लामाले जानकारी दिनुभएको छ ।
Comments