धुलिखेल।विभिन्न गाउँ टोल र जिल्ला हुँदै बिगट क्षेत्रहरूमा समेत विविध किसिमका राहतका सामाग्री वितरण गर्दै जाने क्रम सञ्चालनमा रहेको छ।सहयोगी संस्थाका महत्त्वपूर्ण भूमिका निर्बाह गर्दै कान्छीमाया तामाङ फाउन्डेसनले धेरै ठाउँमा कार्य खाद्यान्न सामाग्रीका साथै स्वास्थ्य सामाग्रीहरु समेत वितरण गरिरहेका छन्।
त्यस्तै धुलिखेल नगरपालिकाको वडा नम्बर ३ नयाँ गाउँ स्थित रहेका बासिन्दाहरुलाई पनि खाद्यान्न वितरण गरिएको छ।चु छि फाउन्डेसन र बोधिसत्व बिहारको सहयोगमा प्राप्त ७० खाद्यान्न सामाग्री कान्छीमाया तामाङ फाउन्डेसनको संस्थापक अध्यक्ष एवम् डाक्टर दिलबहादुर थोकर तामाङले जानकारी दिनु भएको छ।उक्त खाद्यान्न सामाग्री वितरणका लागि सहयोग गरिदिने स्थानीय समाजसेवी र जनप्रतिनिधिहरुमा डाक्टर तामाङले धन्यवाद व्यक्त गरेका छन्।
Comments