सिजो
१.
बिहानी समयमा सुर्योदय भएपछि
उज्यालो चारैतिर छरिएका गाउँबस्ती
प्रकृति मनमोहक परिवेश धमिलो ।
२.
सुनौली बिहानीमा शितलता लाग्न थाल्यो
मनैमा आनन्दले चङ्गा बनी उड्याे माथि
गौरव मान्दै हिडेको अनुभूति उडेछ ।
३.
खोतल्दा इतिहास गहिरिदै लुक्न थाल्दा
साक्षी किनारामा सही छाप गरिरहे
प्रमाण प्रष्ट नहुँदा हावाखाए आफैले ।
४.
मलाई तड्पाउँछौ सधैंभरि कतिपर्खौ
समय बित्नेहोकि तिमीलाई पर्खिबस्दा
खुलेरै चुपचापको भनिदेउ रहस्य ।
५,,
सम्झना अतीतका पलपल आँखाभरि
बिर्सन नसकिने कसिएको मायाप्रीति
कसरी बिर्सन सक्छु रातभित्र अँगाल्दा ।
६,
सम्झना अतीतका पलपल आँखाभरि
बिर्सन नसकिने कसिएको मायाप्रीति
कसरी बिर्सन सक्छु रातभित्र अँगाल्दा ।
Comments