मंगोल नेशनल अर्गनाइजेशन बाग्मती प्रान्तीय सभाले आफनो प्रथम बाग्मती प्रान्तीय अधिबेशनको बारेमा जानकारी दिने उदेश्यले पत्रकार सम्मेलन गर्ने भएको छ ।प्रथम बाग्मती प्रान्तिय अधिबेशन मुलआयोजक सभाका संयोजक राजेन्द्र तामाङले दिनु भएको जानकारी अनुसार पौष १८ गते सनिवार काठमाडौको मनमैजु स्थित ग्यालेक्सी भ्याली क्याफे रेस्टुरेन्टमा उक्त पत्रकार सम्मेलन हुनेछ । मंगोल नेशनल अर्गनाइजेशन बाग्मती प्रान्तीय सभाले आफनो प्रथम अधिबेशन संगठनको ३३ औ स्थापना दिवसको अवसर पारेर आउदो १ जनवरी २०२२ अर्थात पुस १७ गते धादिङ को महादेबेशी बजारमा गर्न लागिरहेको छ ।
बेलकोटगढी।नुवाकोटको बेलकोटगढीस्थित कोटथुम्का संरक्षणको लागि पुरातत्व विभागले चासो देखाएको छ । बेलकोटगढी नगरपालिका ५को कोटथुम्कामा जमिनमुनी गाडिएका ऐतिहासिक र पुराना सामग्री भेटिएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् प्राप्त रकमले कोटथुम्कामा निर्माणको संरचना अघि बढाउने क्रममा जग खन्दा ऐतिहासिक पुराना सामाग्रीहरु भेटिएका थिए । लगत्तै निर्माण समिति र वडाको आग्रहबमोजिम पुरातत्व विभागले तत्कालै काम रोक्न निर्देशन दिएको छ ।विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले ऐतिहासिक तथा पुरातात्विक स्थलहरुमा कुनैपनि निर्माण कार्य गर्दा विभागको अनिवार्य सहमति आवश्यक पर्ने र कोटथुम्कामा ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माणको क्रममा जग खन्दा पुरातात्विक वस्तुहरु भेटिएकाले काम रोक्न भनिएको बताउनुभयो । कोटथुम्काको स्थलगत अध्ययन तथा अनुसन्धान गर्नुपर्ने भएकाले तत्कालै काम रोक्न विभागीय निर्णय भएको हो ।निर्माण कार्य रोक्न विभागले बेलकोटगढी नगरपालिका ५ को वडा कार्यालयलाई पत्र पठाइसकेको छ । ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माण क्रममा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत बेलकोटगढी नगरपालिका वडा नं. ५ साविक दुईपिपल गा...
Comments