नुवाकोट । यसै वर्ष मात्रै नेपालमा भित्रिएका जापानी कवितात्मक साहित्यका एक विधा हाे डाेडाेइट्सु । नेपालमा कवि श्रीराम श्रेष्ठ रामकृष्ण अमर पछि युवा कवि करण तामाङ ग्लान सायरले मात्रै डाेडाेइट्सुमा कलम चलाएको पाइन्छ । डाेडाेइट्सु जम्मा २६ अक्षर ४ हरफमा लेखिनुपर्छ । यसमा पहिलो देस्राे तेस्राे र अन्तिम हरफमा क्रमशः ७,७,७,५ अक्षरमा रहन्छ । यसमा माया प्रेम र व्याङ्ग्या भित्र मात्रै रहनुपर्ने ७, ७ , ७, ५ यसकाे प्रमुख नियम रहेको छ । साेही नियमका साथ नुवाकोट युवा साहित्यकार करण सायर डाेडाेइट्सु यसरी लेख्नुहुन्छ :-
एक)
टाढा दुई शरीर
चित्तनै नबुझेको
तस्बिरसँग अाेँठ
च्याप्या सिरानी ।
दुई )
छ चढेको जवानी
काउकुती लागेछ
ती सम्हाल्नै नसक्या
कल्पना मात्रै ।
तीन)
डबल बेड किन्या
कल्पनामा डुबेकाे
चुम्बन वर्षातमा
बहुलाएछ ।
चार)
नशालु हेराइ छ
झरिलाे बैँस झन
रस चुस्न दिएछ
रित्तो भा खाेस्टाे ।
पाँच)
भिन्न छ इतिहास
अरुकै खाता झन
चलाएछ मज्जाले
केही न केही ।
छ)
टाेलाउदै थि उनी
राजा बनेर गएँ
नजर माे मा पर्याे
बज्याे संगित ।
लेखक:-करण तामाङ
बेलकोटगढी-४ सालखर्क,नुवाकोट
Comments