सिजो कविता
- श्रीराम श्रेष्ठ
१,
पाउने आशा थियो खुसी खोज्दै अघि बढेँ
अगाडि बाटो छेक्दै खुम्चिएको कालो मन
नसोचेर नै सहनुपर्ने आइपर्दो जीवन ।
२,
एकाग्र भइबस्दा सपनाले बिउँझायो
सन्त्रास छाएपछि कोलाहल मन भयो
अन्यौल भुमरीसँग लुकामारी खेलिँदै ।
३,
एकान्त मनपर्छ खोतलेर रमाइलो
होहल्ला घुसाएर मच्चिएको मेरा लागि
निराश जीवनलाई गोडमेल गर्दैँछु ।
४,
हेरेको हैसियत आफैलाई लाज भयो
लाजले छोपिँदिदा घृणा जाग्यो आफैभित्र
घमण्ड फाल्नुपर्दछ आफैलाइ सुधारी ।
५,
बाँचेर इमान्दार हुनुतर्फ सधैँभरि
इमान जमानमा अड्नुपर्छ हामी सबै
सत्यता लुकाउँदामा आइलाग्छ बिपत्ति ।
६,
जाँगर चलाउँदा खुसीमय पलहरु
आत्तियो क्षणभर पीडादायी दिनदेखि
समाल्नै नसक्दा पनि गन्जागोल सोचाइ ।
लेखक:-श्रीराम श्रेष्ठ -बट्टार,नुवाकोट
- श्रीराम श्रेष्ठ
१,
पाउने आशा थियो खुसी खोज्दै अघि बढेँ
अगाडि बाटो छेक्दै खुम्चिएको कालो मन
नसोचेर नै सहनुपर्ने आइपर्दो जीवन ।
२,
एकाग्र भइबस्दा सपनाले बिउँझायो
सन्त्रास छाएपछि कोलाहल मन भयो
अन्यौल भुमरीसँग लुकामारी खेलिँदै ।
३,
एकान्त मनपर्छ खोतलेर रमाइलो
होहल्ला घुसाएर मच्चिएको मेरा लागि
निराश जीवनलाई गोडमेल गर्दैँछु ।
४,
हेरेको हैसियत आफैलाई लाज भयो
लाजले छोपिँदिदा घृणा जाग्यो आफैभित्र
घमण्ड फाल्नुपर्दछ आफैलाइ सुधारी ।
५,
बाँचेर इमान्दार हुनुतर्फ सधैँभरि
इमान जमानमा अड्नुपर्छ हामी सबै
सत्यता लुकाउँदामा आइलाग्छ बिपत्ति ।
६,
जाँगर चलाउँदा खुसीमय पलहरु
आत्तियो क्षणभर पीडादायी दिनदेखि
समाल्नै नसक्दा पनि गन्जागोल सोचाइ ।
लेखक:-श्रीराम श्रेष्ठ -बट्टार,नुवाकोट
Comments