जापानी शैलीका डोडोइट्सुहरु
- श्रीराम श्रेष्ठ
१,
गुम्सिएर बसेको
मनका रहरले
पैंचो माग्न खोज्दामा
समय छोटो ।
२,
हेपाह प्रवृतिले
चिसो मन बनेको
न्यानो खोज्न आतुर
भिजेछ चुल्हो ।
३,
लामो समय कुर्दा
आस्थाको विश्वासमा
निभ्न खोजेको दीयो
चलेछ हुरि ।
४,
चिन्तै चिन्ता थुप्रेर
अल्जिएको जीवन
उदासिन बनिंदा
मौन सन्नटा ।
५,
अजनवी जीवन
समस्याको ओइरो
कुना छेल्दै लुक्दामा
रात नै प्यारो ।
६,
मनको बगैंचामा
गरिएको कर्मले
हरियाली जीवन
लुट्दै आनन्द ।
लेखक:-श्रीराम श्रेष्ठ (बट्टार,नुवाकोट )
- श्रीराम श्रेष्ठ
१,
गुम्सिएर बसेको
मनका रहरले
पैंचो माग्न खोज्दामा
समय छोटो ।
२,
हेपाह प्रवृतिले
चिसो मन बनेको
न्यानो खोज्न आतुर
भिजेछ चुल्हो ।
३,
लामो समय कुर्दा
आस्थाको विश्वासमा
निभ्न खोजेको दीयो
चलेछ हुरि ।
४,
चिन्तै चिन्ता थुप्रेर
अल्जिएको जीवन
उदासिन बनिंदा
मौन सन्नटा ।
५,
अजनवी जीवन
समस्याको ओइरो
कुना छेल्दै लुक्दामा
रात नै प्यारो ।
६,
मनको बगैंचामा
गरिएको कर्मले
हरियाली जीवन
लुट्दै आनन्द ।
लेखक:-श्रीराम श्रेष्ठ (बट्टार,नुवाकोट )
Comments