Skip to main content

तीन महिनाको ब्याज पूरै मिनाह गर्न देउवाको माग

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न लागु गरिएको लक डाउनका कारण विभिन्न वर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृष्टिगत गरेर तत्काल आवश्यक निर्णय लिन सरकारको पुनः ध्यानाकर्षण गराएको छ ।  
उनले रु २० लाखसम्मको ऋण लिएका साना व्यवसायीलाई लक डाउनको असर र व्यवसाय तङ्ग्रिने अनुमानित अवधिसमेत ख्याल गर्दै कम्तीमा तीन महिनाको ब्याज पूरै मिनाहा गर्न र त्यसपछिको निश्चित अवधिका लागि ब्याजदर घटाउन माग गरेको छ । 
साथै ठूला व्यवसायीका हकमा ऋणको ब्याजदर घटाउन र हालको किस्ता बुझाउने अवधि तीन महिनापछि सार्ने प्रबन्ध मिलाउन उनले सरकारसमक्ष अपिल गरेको छ।
 

उनले एक विज्ञप्तिमार्फत उक्त विषयमा सरकारसमक्ष कुरा गरिसकेको उल्लेख गर्दै सार्वजनिक अपिल साथ माग राखी पुनः सरकारको ध्यानाकर्षण गरेको बताएको छ । 
सभापति देउवाले दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पुर्‍याएको उल्लेख गर्दै दैनिक ज्यालादारीमा निर्भर रहेका नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरी तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गरेको छ ।
उनले न्यून आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा तथा राजधानीलगायत शहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई राहत पुग्ने गरी योजना र कार्यक्रम तत्काल निर्माण गर्न सरकारसँग माग गरेको छ । 
विश्वभरि फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन र जुध्न सहज होस् भनेर नेपाल सरकारले लक डाउन घोषणा गर्नु स्वाभाविक भएको र छिटपुट घटनाबाहेक यसलाई अधिकतम पालना गरेकामा उहाँले सबैलाई धन्यवाद दिएको छ ।
ठूलो जोखिमबाट जोगिन वर्तमान कष्ट उठाउनु सबैको कर्तव्य भएको र घरमै बसेर सुरक्षित रहन तथा लक डाउनलाई इमानदारीसाथ पालना गर्न सभापति देउवाले सबैलाई अनुरोध गरेको छ । 
यसैगरी लक डाउनका कारण प्रायः सबै व्यवसाय बन्द स्थितिमा रहेको बेला खुद्रा व्यापारीदेखि ठूला व्यवसायीसम्मलाई असर पुगेको उल्लेख गर्दै उनले यसले राष्ट्रलाई दूरगामी असर पुग्ने भनी चिन्ता व्यक्त गरेको छ ।
उनले विश्व स्वास्थ्य सङ्गठनले सचेत हाँै भनेर अपिल गरेको महिनादिन पुगिसक्दा पनि स्वास्थ्यकर्मीले अझै पर्याप्त व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) नपाएको विषय भएको उल्लेख गर्दै सरकारलाई यथाशीघ्र पिपिई, परीक्षण किट, आइसोलेशन वार्ड र भेन्टिलेटरको पर्याप्त प्रबन्ध गर्न अपिल गरेको छ । 

Comments

Popular posts from this blog

नुवाकोटको बेलकोटगढीमा भेटिए जग खन्दा पुरात्विक संरचना

बेलकोटगढी।नुवाकोटको बेलकोटगढीस्थित कोटथुम्का संरक्षणको लागि पुरातत्व विभागले चासो देखाएको छ । बेलकोटगढी नगरपालिका ५को कोटथुम्कामा जमिनमुनी गाडिएका ऐतिहासिक र पुराना सामग्री भेटिएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् प्राप्त रकमले कोटथुम्कामा निर्माणको संरचना अघि बढाउने क्रममा जग खन्दा ऐतिहासिक पुराना सामाग्रीहरु भेटिएका थिए । लगत्तै निर्माण समिति र वडाको आग्रहबमोजिम पुरातत्व विभागले तत्कालै काम रोक्न निर्देशन दिएको छ ।विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले ऐतिहासिक तथा पुरातात्विक स्थलहरुमा कुनैपनि निर्माण कार्य गर्दा विभागको अनिवार्य सहमति आवश्यक पर्ने र कोटथुम्कामा ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माणको क्रममा जग खन्दा पुरातात्विक वस्तुहरु भेटिएकाले काम रोक्न भनिएको बताउनुभयो । कोटथुम्काको स्थलगत अध्ययन तथा अनुसन्धान गर्नुपर्ने भएकाले तत्कालै काम रोक्न विभागीय निर्णय भएको हो ।निर्माण कार्य रोक्न विभागले बेलकोटगढी नगरपालिका ५ को वडा कार्यालयलाई पत्र पठाइसकेको छ । ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माण क्रममा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत बेलकोटगढी नगरपालिका वडा नं. ५ साविक दुईपिपल गा...

बेलकोटगढीको मेयरमा हिरा पाण्डे लामाको दाबी

बेलकोटगढी।सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते तोकेपछि लोकतान्त्रिक पद्दति स्वीकार्ने सबै पार्टीहरू स्थानीय तहको चुनावमा होमिएका छन् । सरकारको नेतृत्व गर्ने मुख्य साझेदार दल नेपाली कांग्रेसले आफ्नो एकमहिने विशेष चुनावी अभियान ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ लिएर गाउँ–नगर पसेपछि चुनाव तोकिएकै मितिमा हुने सुनिश्चितता बढेको छ । नेपाली काङ्ग्रेसले स्थानीय निर्वाचनमा कसलाई टिकट दिन्छ भन्ने विषयले यतिखेर स्थानीय राजनीति गर्माएको बेला बेलकोटगढी नगरपालिका वडा नम्बर ६ कि युवा नेता ,निडर र शाहासिक महिला हिरा पाण्डे लामाले आफ्नो मेयर टिकेट दाबी गर्ने भएको Diyale News सङ्ग कुराकानीमा बताउनु भयो।लामा नेपाली कांग्रेस महिला बिभाग प्रमुख जिल्ला  सदस्य साथै  पुर्व महिला बिभाग सम्योजक समेत हुन्।  

तामाङ चिकित्सक समाज नेपालद्वारा निशुल्क स्वास्थ्य सेवा सञ्चालन।

तामाङ चिकित्सक समाज नेपाल, नेपाल तामांग घेदुङ्ग र बोधीसत्व बिहार र जनता समाज युबा संघको  संयुक्त आयोजनामा स्वास्थ्य चेक जाँच कार्यक्रमका साथै होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य परामर्श, कोभिड एन्टिजेन  टेस्टिङ  साथै स्वास्थ्य सामग्रीहरु बितरण गरेका छन्।  पहिलो दिनको कार्यक्रम मिति: २०७८ साल जेठ २६ गते सैलुङ  गाउपालिका, भुरुङ गाउँ , वार्ड ३, दोलखामा गरिएको थियो।जस अन्तर्गत ५७ जनामा बिरामीहरुमा एनटिजेन कीट टेस्ट गरिएकोमा ३ पोजिटिभ देखिएको थिए।कार्यक्रम पश्चात् बिरामीहरुमा मनोबल बढाउने उदेश्यले जनतामुलक सन्देश र स्वस्थ्य परामर्श समेत दिएका थिए। दोस्रो दिनमा सैलुङ गाउँपालिका ,भैसे गाउँ , वार्ड ८, दोलखामा बिहान ५ बजे देखि बेलुका ८ बजे सम्म ४१ जना बिरामीको एनटिजेन कीट टेस्ट गरिएकोमा ११ जनाको पोजेटिभ देखिएको हो।समयको अभावको कारण बिरामीको परिक्षण नभ्याएको भन्दै स्थानीयका अनुरोधमा  कार्यक्रम एक दिन थप गरि भैसे गाउँ , वार्ड ८मा पुनः तेस्रोदिन कार्यक्रम  सञ्चालन गरिएका थिए। उक्त कार्यक्रमको बिछ स्वस्थ्य  सामाग्री वितरण समेत गरिएको थियो।जस अनुसार स्वास्थ्य साम...

नेपाली काङ्ग्रेस बेलकोटगढीबाट उपमेयरको लागि तामाङको उम्मेद्बारी दाबी

बेलकोटगढी-डिलबहादुर लामा। चुनावी माहोल तात्दै गर्दा विभिन्न पार्टीको कार्यकर्ताहरुद्वारा पार्टीभित्र उम्मेदवारीको दाबी गर्ने क्रम बढिरहेका छन्।त्यस्तै आउने बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेपाली काङ्ग्रेस बेलकोटगढी नगरपालिकाबाट  सुनिमा थिङ तामाङले पनि उप मेयरको उम्मेदवारी दाबी गर्ने भएको छ।युवा जोस ,जागर र  पार्टीमा निरन्तर सक्रियता रहेका उनी अबको स्थानीय निर्वाचनका लागि उम्मेद्बारी दाबी गर्दै गरेको उहाँले बताउनु भयो।उहाँ आजको युगले खोजेको शिक्षित उम्मेदवारको मध्ये एक हुन्। बेलकोटगढी-६ गैराघर,नुवाकोट माइतीघर रहेका तामाङ सोही ठेगानाका ४ नम्बर स्थायी बासिन्दा समेत हुन्।उनको शैक्षिक योग्यता भने व्यवस्थापन संकायमा दस जोडा दुई (१०+२) उतिर्ण रहेको छ।समाजसेवा गर्दागर्दै राजनीतिमा प्रवेश गरेको ऊनी विभिन्न संघ संस्थाहरुमा आबद्ध रहि सामाजिक कार्यहरु धेरैमा अग्रसर रहि आएका छन्।२०७२ सालको महाभुकम्पको चपेटामा परेको समयमा समेत नागरिकहरुलाई राहत वितरण कार्यमा महत्वपूर्ण भुमिका निर्बाह गरेकी थिइन्।उनलेे लामो समयसम्म सामाजिक परिचालिकाको रूपमा एउटा जनप्रतिनिधिको भुमिका बहान गर्दै आए...

बेलकोटगढी-४का विभिन्न पार्टीका युवाहरु धमाधम काङ्ग्रेसमा प्रवेश

बेलकोटगढी।नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य, प्रतिवान नेता एवम् माननीय संघिय सांसद  बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा बेलकोटगढी -४ नेपनेमा आज वडाबासीहरुसङ्ग भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।लामाद्वारा हाल कोरोना भाइरस कोभिड १९ को महामारीको विषम् परिस्थितिमा पनि नुवाकोटका बेलकोटगढी ४ नेपनेमा वडाबासीहरुसङ्ग भेटघाट र  आउदै गरेको दशै तिहार तथा छठ लगायतका नेपालीहरुको महान पर्वहरुको  शुभकामना आदन प्रदान  गर्ने कार्य भएको हो। उक्त कार्यक्रममा स्थानीयहरुको उल्लेखनिय उपस्थित रहेका थिए।कार्यक्रममा साविकको  दुईपिपल गाउँ विकास समितिका पुर्व अध्यक्ष इन्द्र लामा,युवा तथा समाजसेवी शेरब लामा,प्रकाश रिजाल,सोनम लामा,वडा नम्बर ४का नेपाली काङ्ग्रेसका सभापति लक्ष्मण तामाङ,प्रत्याशी नगर प्रमुख यादव नेपाल, साबिकको दुईपिपल गाउँ विकास समितिका नेपाली काङ्ग्रेस पार्टी सभापति  मदन भुजेल,युवा तथा समाजसेवी रामचन्द्र लामा,बाबुराम तामाङ,प्रेम तामाङ ,लगायतका  उपस्थित रहेका थिए।सोही कार्यक्रमको बिच राप्रपा,पु...