हाइकु
१,
काँडाको झ्याङ
झ्याम्मै झाँगिएपछि
जङ्गली रुप !
२,
अन्धकारमा
मौका छोप्दै हिँडेको
गाह्रो भो टिक्न !
३,
घमण्डी मन
आकाश छुने धोको
बाँसको गति !
४,
अल्लारे मन
परिपक्क नहुँदा
पाइन्छ दु:ख !
५,
इर्ष्यालु मन
सबै आफै ओगट्ने
केही नगर्ने !
६,
मोटो दिमाग
पहेँलो धोतीभित्र
गुम्दै विश्वास !
७,
आँखा चिम्लेर
नैतिकता बेचिन्छ
राजनीतिमा !
८,
निरङ्कुशता
सहन नसक्दामा
हुन्छ बिद्रोह !
९,
नेताको बोली
खहरे खोला जस्तो
मनमा शङ्का !
१०,
घमण्डी मन
कर्म उत्तानो पर्दा
निद हराम !
लेखक:-श्रीराम श्रेष्ठ(बट्टार,नुवाकोट)
१,
काँडाको झ्याङ
झ्याम्मै झाँगिएपछि
जङ्गली रुप !
२,
अन्धकारमा
मौका छोप्दै हिँडेको
गाह्रो भो टिक्न !
३,
घमण्डी मन
आकाश छुने धोको
बाँसको गति !
४,
अल्लारे मन
परिपक्क नहुँदा
पाइन्छ दु:ख !
५,
इर्ष्यालु मन
सबै आफै ओगट्ने
केही नगर्ने !
६,
मोटो दिमाग
पहेँलो धोतीभित्र
गुम्दै विश्वास !
७,
आँखा चिम्लेर
नैतिकता बेचिन्छ
राजनीतिमा !
८,
निरङ्कुशता
सहन नसक्दामा
हुन्छ बिद्रोह !
९,
नेताको बोली
खहरे खोला जस्तो
मनमा शङ्का !
१०,
घमण्डी मन
कर्म उत्तानो पर्दा
निद हराम !
लेखक:-श्रीराम श्रेष्ठ(बट्टार,नुवाकोट)
Comments