Skip to main content
केही हाइकु - श्रीराम श्रेष्ठ ,बिद्रोही मन...✍️
केही हाइकु
१.
बिद्रोही मन
आन्दोलनमा उत्रे
भए सहिद ।
२.
आँशुको वर्षा
चित्त दुखेको बेला
हासौ कसरी ।
३.
रापिलो दिन
पसिनाको गन्धले
भट्कियो मन ।
४.
कुहिरो भित्र
हराएको आकृति
हेराइ ब्यर्थ ।
५.
प्यास लागेर
हिंड्दा हिंड्दै आत्तिए
उटको गति ।
६.
मरभुमीमा
भौतारिदै हिंड्दामा
जीवन बुझे ।
Comments