सिजो
श्रीराम श्रेष्ठ
१,
जिन्दगी जिउनु छ आफैलाई खियाउँदै
मनमा पीडा लिई हाँस्नुपर्ने सधैँ जसो
रोगको दलदलमा जाकिएर बाँचेको ।
२,
धैर्यता टुटेपछि आँखाबाट आँसु झर्छ
कोमल हृदयमा क्षणक्षण रामबाण
अँध्यारो जीवनकथा ढोकैभित्र टाँसिन्छ ।
३,
अँध्यारो परिवेश डर लाग्छ सम्झँदामा
भएर होसियार रात काट्न अतास्सियो
भाग्दामा जीवनगाथा बचाउन सकिन्न ।
४,
तड्पेर यताउता हेर्दाहेर्दै मन बुझ्यो
दु:खद समयमा आफैलाई बिर्सिएछु
बिर्सिदा पागल मन आशा च्याप्दै दौडछ ।
५,
संयोग भन्नैपर्छ भेटघाट तिम्रो मेरो
विश्वास गर्दा पनि घात भयो तिमीबाट
ढिलायौ प्रेम प्रस्ताव मनलाई सारेर ।
६,
रुपले लठ् याएछ मनमिल्यो कति चाडै
नजिकै भएपछि माया पनि गाढा भयो
Comments