काठमाडौं । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको अध्यक्ष पदमा श्रीराम श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।बुधवार बसेको क्याम्पसको छैटौं साधारण सभाबाट श्रेष्ठ सर्वसम्मत अध्यक्ष पदमा चयन भएका हुन्।
समाजेवा, राजनीति, लेखन र शैक्षिक क्षेत्रमा योगदान गर्दै आएका श्रेष्ठ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको पूर्व अध्यक्ष समेत हुन्। क्याम्पसको पूर्वविद्यार्थी समेत रहेका श्रेष्ठ हाल नुवाकोट कांग्रेसका सचिव छन्। बौद्धिक छवीका श्रेष्ठले प्राज्ञिक क्षेत्रमा नेतृत्व पाएसँगै क्याम्पसको चौतर्फी सुधारको अपेक्षा राखिएको छ ।
साधारणसभाले लीलानाथ न्यौपाने,मोहन बहादुर खड्का,सुरेन्द्र भण्डारी, केदार डोटेल, बद्रि प्रसाद त्रिपाठी, प्रकाशचन्द्र ढुंगाना,भगवती खनाल र राजाराम अधिकारीलाई सदस्य पदमा सर्वसम्मत चयन गरेको छ ।
Comments