लघुकथा :
परिचय पत्र
- दिल कुमारी डङ्गोल
लकडाउनको भोलिपल्ट बिहानै , रेगुलर मेडिसिन लिने ग्राहक आयो ।
" मेडिसिन र इन्सुलिनहरु सर्टेज होला भनेर लिन आ 'को । छ होला नि सबै ।" ग्राहकले परैबाट सोध्यो ।
" मेडिसिनहरु सबै छन् तर इन्सुलिन चाहिँ भोलीलाई मात्र हुन्छ ।" मैले भने
ग्राहकले " हस् , भोलि यही समयमा आउँछु । " भने
उसले लग्ने सबै मेडिसिन निकालेँ । एक एक हिसाब गर्दै झोलामा राखेँ । औंषधीको झोला टेबल माथी नै राखिदिएँ । ग्राहक झोला समाउँदै भन्न थाल्यो । "तपाईंको जस्तो परिचय पत्र मलाई पनि बनाएर ल्याइदिनु न !" मेरो साथीले , फार्मेसीको परिचय पत्र बनाएर ल्याएको छ , उसको फार्मेसी साथीले बनाएर ल्याइदिएको, एक हप्ता भो ! त्यो भएर उसलाई सजिलो भा' को छ दिनहुँ काममा हिड्न । परिचय पत्र भएपछि मलाई पनि सजिलो हुन्छ काममा जानलाई । बनाएर ल्याइदिनु न ल ! उसो त म रेगुलर ग्राहकै हुँ तपाइँको । "
कुरा सकिन नपाउदै भने मैले " म बाट यस्तो काम हुँदैन है ! भोलि केही तलमाथि भयो भने त्यसमा म पर्छु । यस्तो काम गर्न सक्दिन म । कार्ड बनाउन पनि त्यति सजिलो कहाँ छ र?
ग्राहक अलि रिसाएर " आफ्नै गोजीको दिनु पर्ने जस्तो " भन्दै हिडें ।
भोलिपल्ट बिहानै मेरो पसलको बाटो हुँदै हिजोको ग्राहक गएको देखेँ ।प्लास्टिकको झोलामा इन्सुलिन राखेर ल्याएको प्रस्टै देखेँ । मैले फ्रीज खोलेर हेरेँ । इन्सुलिन त्यही नै थियो । हेरेँ ! इन्सुलिनबाटै उनको परिचय पत्र खुल्यो ।
Comments