बेलकोटगढी । फौजी किराको प्रकोप बढेपछि नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाका विभिन्न गाउँका किसानहर अहिले चिन्तीत बनेका छन् । जिल्लाका प्रायः स्थानीय तहहरुमा फौजि किराको प्रकोप बढेको छ ।
किसानले चैत्रको अन्तिम,महिनामा रोपेको मकै अहिले फौजी किराको चरन क्षेत्र नै बनेको छ । बारीमा रोपेको मकै उम्रन साथ फौजी किराले सखाप पार्न थालेपछी किसानहरु चिन्तित बनेका छन् । गोड्ने बेलाको मकै किराले खाएर नष्ट गरेको बेलकोटगढी नगरपालिका वडा नं ४ का सन्तमान तामाङले बताउनुभयो।फौजि किराको एउटा माउले एकै पटकमा २ सय फुल पार्ने र दुई दिनमै लार्भा निस्केर मकै नष्ट गर्ने भएकाले ठूलो क्षेत्रको बाली यसले नष्ट गर्छ ।
वयस्क किरा समूहमा बस्ने र सबैले फुल पार्दै रातमा सयौं किलोमिटर उड्ने नेपाल भेटेनरीका सञ्चालक गोबिन्द नेपालले बताउनुभयो । Allcore र Nova Super star नामका औसधि सकेसम्म मिश्रित गरेर मकैमा हाल्नले मकैभित्र रहेको उक्त किरा बाहिर आएर मर्ने गर्दछ।साथमा नीमजन्य विषादी एजाडिराक्टिन पानीमा मिसाएर छर्नले पनि किरा मार्न सकिने उहाले बताउनु भयो।
Comments