जेठ ३१ काठमाडौ ।तामाङ चिकित्सक समाज , नेपाल तामाङ घेदुङ र वोधिसत्व बिहारको सहकार्यमा संचालित " कोरोना स्वास्थ्य अभियान २०७८ " लाई सफल बनाउन नेपाल तामाङ घेदुङ प्रवास बिभागको समन्वयमा सङ्कलित रकम ३ लाख २ हजार १ सय २१रुपैयाँ घेदुङ सभाकक्षमा बितरण गरिएको छ । उक्त रकम # तामाङ समाज जापान बाट रु १ लाख ५ हजार , # नेपाल तामाङ घेदुङ दक्षिण कोरियाबाट ८१ हजार नौसय २१ , नेपाल तामाङ घेदुङ कतार ३० हजार , # नेपाल तामाङ घेदुङ साइप्रस २५ हजार , # नेपाल तामाङ घेदुङ बहराइन २० हजार , नेपाल तामाङ घेदुङ मलेसिया १५ हजार , # तामाङ समाज UAE १० हजार , तामाङ समाज UAE का पुर्व अध्यक्ष महेश मोक्तान ज्यु १० हजार , र तामाङ समाज जापानका पुर्व उपाध्यक्ष ज्यु ५०००/- सहयोग उपलब्ध गराउनु भएको थियोे । प्राप्त रकम नेपाल तामाङ घेदुङको संघीय उपाध्यक्ष कुमार घिसिङ , घेदुङका प्रबास प्रमुख तथा अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा ज्युले तामाङ चिकित्सक समाजका सचीव डा. दिपेन लामा तामाङ , सदस्य डा.सन्जित तामाङ ज्युलाइ हस्तान्तरण गर्नुभएको थियोे ।
उक्त हस्तान्तरण कार्यक्रममा घेदुङको महासचिव बाबु घिसिङ , घेदुङ्को कोषाध्यक्ष रुप बहादुर योन्जन तामाङ समाज जापानको पुर्व उपाध्यक्ष सरोज तामाङ ज्युको उपस्तिथि थियोे ।नेपाल तामाङ घेदुङको तर्फबाट संघीय उपाध्यक्ष कुमार घिसिङ ज्युले सहयोग गर्नु भएकोमा सहयोगी सम्बद्ध संस्थाहरुलाइ धन्यवाद दिनुहुदै कोरोना स्वास्थ्य अभियान लाई ठूलो सहयोग मिलेको बताउनु भएको छ । साथै तामाङ चिकित्सक समाजको सचिव डा . दिपेन लामा ज्युले नेपाल तामाङ घेदुङसंग सहकार्य गर्नु पाउनु र आज यसरी विभिन्न देशको तर्फबाट हाम्रो यो कोरोना अभियान लाई सहयोग दिनुहुने सबैलाई धन्यवाद साथै प्राप्त सहयोग ग्रामीण समुदायको कोरोना पीडितहरुलाइ खर्च गरिने प्रतिवद्धता गर्नु भएको छ ।

Comments