रुम टु रीड र रुडेक नेपालको साझेदारीमा सामुदायिक विद्यालयहरुमा भाषा शिक्षकहरुद्वारा अभिभावकहरुलाई फोन सम्पर्क गरि कक्षा १ र कक्षा २ का बिद्यार्थीहरुलाई फोन सिकाइ सहजिकरण गरि टेलिफोन पाठशाला सुचारु गरिएको हो ।
कोरोना भाइरस कोभिड १९ को दोश्रो लहरको महामारीका कारण विद्यालयहरु बन्द भएको र विद्यार्थीहरु घरमा नै रहेका बेला विद्यार्थीहरुको शिक्षण सिकाइलाई निरन्तरता दिनको लागि रुम टु रीड र रुडेक नेपालको सहजीकरणमा वैकल्पिक सिकाइका माध्यमहरु मार्फत टेलिफोन पाठशाला सुरु गरिएको ग्रामीण विकास तथा शशक्तिकरण केन्द्र नेपालको साक्षरता कार्यक्रम संयोजक फुर्वा घलेले जानकारी दिए ।
कोरोना माहामारीको यस विषम परिस्थितिमा विद्यार्थीहरु शिक्षण सिकाइबाट बन्चित नहुन भनेर रुम टु रीड र रुडेक नेपालको सहजीकरणमा वैकल्पिक सिकाइ विधिहरुको खोजीका लागि नुवाकोट जिल्लाको साक्षारता कार्यक्रम लागु भएका ४८ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अनलाइन बैठक संचालन गरिएको साक्षरता कार्यक्रम संयोजक घलेले बताए ।
यस्का साथै ग्रामीण विकास तथा शशक्तिकरण केन्द्र नेपालले विद्यार्थीहरुलाई फोन सम्पर्क गरी सिकाइ सहजिकरणका लागी साक्षरता कार्याक्रम लागु भएका विद्यालयका भाषा शिक्षकहरुलाई अभिमुखीकरण व्यवस्था गरी फोनबाट विद्यार्थी सिकाइ सहजीकरण कार्य सुचारु गरेको छ ।
बन्दाबन्दीको समयमा सिकाइ जहाँ पनि जहिले पनि भन्ने मान्यताका साथ रुम टु रीड र रुडेक नेपालको साझेदारीमा बाल रेडियो कार्याक्रम रेडियो स्कुल नुवाकोट, रुडेक नेपाल फेसबुक पेजमा बाल सिकाई सामाग्रीहरु अपलोड गर्ने र साक्षरता कार्यक्रम सहजकर्ता मार्फत अभिभावकहरुलाई फोन सम्पर्क गरी सिकाइ सहजीकरण कार्य संचालन गरिरहेको रुडेक नेपालले जानकारी दिएको छ ।
फोनबाट बिद्यार्थी सिकाइ सहजीकरण कार्यले यो बन्दा बन्दीको समयमा अन्योलमा रहेका अभिभावक र बिद्यार्थीहरुले सिकाइको नौलो स्वरुपको महशुस गरेको छ । फोन सिकाइ सहजीकरण कार्यले गर्दा सिकाइ अलमलमा रहेका नानीबाबु उत्साहका सिकाइ सहजीकरणमा सामेल भइ सिक्ने गरेको छ ।
ग्रामीण विकास तथा शशक्तिकरण केन्द्र नेपालद्वारा सन्चालित सबै कार्यक्रमहरुको बिषयमा अभिभावकहरुले पनि खुसी व्यक्त गरेको श्री महेन्द्र मा।वि। ककनीका भाषा शिक्षक अनिता पाठकले बताउनुभयो । ग्रामीण विकास तथा शशक्तिकरण केन्द्र नेपालको संस्थापक अध्यक्ष मिनकुमार केसीले हाल संस्थाको नेतृत्व गरिरहनुभएको छ ।
Comments