उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको नागरिकता सार्वजनिक गर्न जोडदार माग उठेको छ । नयाँ पार्टी नेपालले उपप्रधानमन्त्रीको नेपालीको नागरिकता सार्वजनिक गर्न माग गरेको हो ।सितामडी जिल्ला कोहवरवा, भारत स्थायी ठेगाना भएका महतोको नागरिकताका विषयमा बर्षैदेखि प्रश्न उठेको भन्दै नयाँ पार्टी नेपालले एक हप्ताभित्र नागरिकता सार्वजनिक गर्न अल्टिमेटम दिएको छ । आइतबार सहरी विकास मन्त्रालयमा उपप्रधानमन्त्री महतोलाई ज्ञापनपत्र बुझाउँदै नयाँ नेपाल पार्टीले नेपालको नागरिकता सार्वजनिक गर्न अल्टिमेटम दिएको हो ।‘खोभारी सुडीको छोरा राजेन्द्र सुडी महतोको नागरिकताको सबालमा बर्षौदेखि प्रश्न उठी रहेको छ । तपाईलाई भारतीय नागरिक भएर पनि नेपाली नागरिकता लिएको आरोप लाग्दै आएकोले तपाईले नागरिकता झुटो विवरण पेश गरी लिएको दावी सहित नयाँ पार्टी, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालमासमेत उजुरी दर्ता गरी आवश्यक कारबाही भई रहेको छ ।’महतोलाई बुझाएको पत्रमा भनिएको छ, ‘तपाईमाथि लागेको आरोपको निष्पक्ष छानविन गर्नको लागि सहयोग गर्दै आफ्नो सक्कल नागरिकता, आफ्नो पिताको नागरिकता, नेपाली हो भनी पुष्टि गर्ने कम्तीमा १० पुस्ताको पुस्तेवारी, राजेन्द्र सुडी महतो नेपाली हो भनी प्रमाणित गर्ने विशेष गाँउ, वडाको कम्तीमा १०० जनाले प्रमाणित गरेको सर्जमिन मुचुल्का सहित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न तपाई राजेन्द्र सुडी महतोलाई नयाँ पार्टी, नेपाल ७ दिने अल्टिमेटम दिन चाहन्छ ।’
उल्लेखित कागजात जुटाउन नसक्ने भए सोही समयभित्र आफू भारतीय नागरिक भएको व्यहोरासहित नेपाल सरकार समक्ष आत्मसर्मण गरी आवश्यक अनुसन्धानमा सहयोग गर्न पनि नयाँ पार्टीले अनुरोध गरेको छ । साथै निष्पक्ष छान वि नका लागि पदबाट राजीनामा दिन समेत सल्लाह दिएको छ ।
बेलकोटगढी।नुवाकोटको बेलकोटगढीस्थित कोटथुम्का संरक्षणको लागि पुरातत्व विभागले चासो देखाएको छ । बेलकोटगढी नगरपालिका ५को कोटथुम्कामा जमिनमुनी गाडिएका ऐतिहासिक र पुराना सामग्री भेटिएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् प्राप्त रकमले कोटथुम्कामा निर्माणको संरचना अघि बढाउने क्रममा जग खन्दा ऐतिहासिक पुराना सामाग्रीहरु भेटिएका थिए । लगत्तै निर्माण समिति र वडाको आग्रहबमोजिम पुरातत्व विभागले तत्कालै काम रोक्न निर्देशन दिएको छ ।विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले ऐतिहासिक तथा पुरातात्विक स्थलहरुमा कुनैपनि निर्माण कार्य गर्दा विभागको अनिवार्य सहमति आवश्यक पर्ने र कोटथुम्कामा ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माणको क्रममा जग खन्दा पुरातात्विक वस्तुहरु भेटिएकाले काम रोक्न भनिएको बताउनुभयो । कोटथुम्काको स्थलगत अध्ययन तथा अनुसन्धान गर्नुपर्ने भएकाले तत्कालै काम रोक्न विभागीय निर्णय भएको हो ।निर्माण कार्य रोक्न विभागले बेलकोटगढी नगरपालिका ५ को वडा कार्यालयलाई पत्र पठाइसकेको छ । ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माण क्रममा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत बेलकोटगढी नगरपालिका वडा नं. ५ साविक दुईपिपल गा...
Comments