Skip to main content

गजल-भगवती खनाल`सुनाखरी´-सुखमा ताली…

भगवती खनाल`सुनाखरी´
गजल
सुःखमा तालि वजाउनेहरुकाे भर नगर्नुस ।
साँच्चै सवै मित्र नै हुन भनी ठहर नगर्नुस।।

जिन्दगीमा लठेपछि चिनिन्छ काे कस्तो मित्र भन्ने।
मान्छेलाई एकै दर्जामा राख्ने रहर नगर्नुस।।

आउनेहरु आउन ती  सहि ठाउँमा वस्छन् भने। 
नआउनेलाई हजुर भन्दै कहर नगर्नुस।।

जिन्दगी यो सवैले स्वतन्त्र जिउन पाउनु पर्छ।
दवाव तनावमा वाँच्नै परे भाे घर नगर्नुस।।

ओठ खाेलेर हाँस्नेहरुकाे हो  खुसी लुटिन्छ भने।
अत्याचारलाई आगाे लगाउन डर नगर्नुस।।

२.
 खुसिहरु किनेर ल्याईदिनुस सक्नुहुन्छ भने।
मेरो मुटु चिनेर ल्याईदिनुस सक्नुहुन्छ भने।।

आमा बाबा कति दुःख नमानिकन छाेरीकाे लागी।
न्याय पूरा छिनेर ल्याईदिनुस सक्नुहुन्छ भने।।

दाईजो , गहर गहना श्रृङ्गारका सामान होइन्।
वाँच्ने आँट पिँधेर ल्याईदिनुस सक्नुहुन्छ भने।।

मानशिक यातनाकै कारण नमरुन कुनै  छाेरी।
सत्य वाचा गिँडेर ल्याईदिनुस सक्नुहुन्छ भने।।

पिडामा भाेलि मुर्छि न्यायकाे ढाेकामा नजाने गरि।
राम्रो साथ हिँडेर ल्याईदिनुस सक्नुहुन्छ भने।।


त्रिशूली नुवाकोट

Comments