Skip to main content

विगत ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै पेमा लामा

६ वर्षदेखि आकाशमा जहाज उडाउँदै आइरहेकी नेपाली चेली पेमा लामा

केटी मान्छे भएर जहाज उडाउन डर लाग्दैन?’ पेमा लामालाई धेरैको प्रश्न यही हुन्छ। विगत ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी पेमा लामा यस्तो प्रश्न सोध्नेहरुलाई उत्तर दिन्छिन्, ‘डर होइन, जहाज उडाउन पाउँदा गर्वको महसुस हुन्छ।’ हो, महिलाले साहसिक काम गर्न सक्दैनन् भन्ने मान्यता भएका व्यक्तिहरुले महिलाहरुले पाइलटको पेशा अपनाउनुलाई अझै पनि आश्चर्यको रुपमा लिने गर्छन् तर पेमा लामाको साहसले यो मान्यता चिरेको छ।

सन् १९९१ मा सोलुको फाप्लुमा जन्मिएकी पेमा २०१२ देखि बुद्ध एयरमा पाइलटको रुपमा कार्यरत छिन्। नेपालमा जम्मा २९ जना महिलाहरुले विमान उडाउने पाइलटको लाइसेन्स प्राप्त गरेका छन्। तीमध्ये पेमा पनि एक हुन्। एसएलसी दिएपछि पेमा उच्च शिक्षा हासिल गर्न सन् २००५ मा काठमाडौं आईन् ।

हिमालयन ह्वाइट हाउस कलेजबाट विज्ञान विषय लिएर (+२) अध्ययन गरिन्। (+२)अध्ययन सकियो। त्यसपछि के गर्ने? अन्योलमा परिन् उनी। उनलाई वातावरण विज्ञान पढ्ने मन थियो। तर उनका बाबाको चाहनाचाहिँ छोरी पाइलट बनिदिए हुन्थ्यो भन्ने थियो। पाइलट पेसाबारे जान्न उनले आङ्गेलु शेर्पासँग सल्लाह सुझाब मागिन् । जो बुद्ध एयरमा पाइलटका रुपमा कार्यरत थिए। शेर्पाले पेमालाई पाइलट पेशासम्बन्धी पुस्तक ‘फ्रम द ग्राउण्डअप’ पढ्न सुझाब दिए। सो पुस्तक पढ्न सुझाव दिने तिनै आङ्गेलुसँग उनको ‘इन्गेज्मेन्ट’ भइसकेको छ। आङ्गेलुले सुझाव दिएकै किताब पढिन्, पढेपछि पेमा आफैंलाई पनि पाइलट बनौं-बनौं जस्तै लाग्यो।

उडान सम्बन्धी तालिम लिन नेपाल नागरिक उडड्न प्राधिकरणबाट सिफारिस पत्र लिनु पर्ने हुन्थ्यो। प्राधिकरणबाट सिफारिस पत्र लिएपछि मार्च २००९ मा उनी १५ महिने तालिमका लागि उनी फिलिपिन्स पुगिन्। त्यहाँ उडान सम्बन्धी १५ महिने तालिम लिइन्। सुरुमा उडान सम्बन्धमा सैद्धान्तिक पढाई हुन्थ्यो।सैद्धान्तिक तालिम लिँदासम्म उनलाई पाइलट हुँदाको अनुभव कस्तो हुन्छ, थाहा थिएन। उनको सैद्धान्तिक तालिम सकियो, प्रयोगात्मक पढाई सुरु भयो। त्यसपछि बल्ल उनले उडान तालिमको मज्जा लिन पाइन्। त्यो क्षण सम्झँदै उनले भनिन्, ‘फिलिपिन्समा तालिम लिँदाको १५ महिनामा कहिले तालिम सकिएला नेपालमा फर्केर उडान गर्न पाइएला जस्तो लाग्थ्यो।

२०१० को जुलाईमा तालिम सकेर उनी नेपाल फर्किन्। उनमा जोश र जाँगर पर्याप्त थियो। तर त्यो जोस जाँगर लामो समय टिकन पाएन। कारण थियो, यहाँ बेहोर्नु परेको बेरोजगारी। ४० लाख खर्चेर फिलिपिन्समा उडानसम्बन्धी तालिम लिएकी थिइन्। महङ्गो रकम तिरेर तालिम लिएपनि नेपाल फर्केपछि उनी २ वर्ष बेरोजगार भइन्।दुई बर्षे बेरोजगारीले उनमा पर्याप्त मानसिक आर्थिक तनाब बढायो। सन् २००९ मा नै पाइलटको तालिम सकेर नेपाल फर्केकी थिइन् उनी। तर लाइसेन्स भने सन् २०१२ मा मात्र प्राप्त गरिन्। लाइसेन्स प्राप्त गरेपछि सेप्टेम्बर २०१२ देखि बुद्ध एयरको विमानको साँचो उनको हातमा पर्यो।

२ बर्ष बेरोजगार बनेपछि पाएको विमान उडानको अवसरले जीवनमा सबैभन्दा धेरै खुसी दिएको बताउँछिन् उनी। ‘२ वर्ष जागिर नपाउँदाको पीडा बिर्सने कुरै थिएन, तर विमान उडान गर्दैगर्दा उदाउँदै गरेको सुर्यको मनमोहक दृश्यले ती पीडा बिर्साइदिन्छन्’ पेमा भन्छिन्, ‘स्वर्ग कस्तो हुन्छ, थाहा छैन। तर विमान उडान गर्दा देखिने सेताम्मे हिमाल नै स्वर्ग हो जस्तो लाग्छ।’विमान उडान गर्दाका यिनै रमाइला अनुभवहरुसँगै उनी आफ्नो पेशाप्रति निकै गर्व गर्न थालेकी छन्।

पेमाका भनाईमा, विगतका दिनमा पाइटले जागीर पाउन कठिन थियो। तर पछिल्लो समय नयाँ एयरलाइन्सहरु खुल्दै गरेको हुँदा पहिलेजस्तो कठिन छैन्। तर, लाखौ खर्चेर पाइलटको तालिम लिएपनि खर्च अनुसारको तलव नभएकोमा चाहिँ उनी सन्तुष्ट छैनन्।

Comments

Popular posts from this blog

नुवाकोटको बेलकोटगढीमा भेटिए जग खन्दा पुरात्विक संरचना

बेलकोटगढी।नुवाकोटको बेलकोटगढीस्थित कोटथुम्का संरक्षणको लागि पुरातत्व विभागले चासो देखाएको छ । बेलकोटगढी नगरपालिका ५को कोटथुम्कामा जमिनमुनी गाडिएका ऐतिहासिक र पुराना सामग्री भेटिएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् प्राप्त रकमले कोटथुम्कामा निर्माणको संरचना अघि बढाउने क्रममा जग खन्दा ऐतिहासिक पुराना सामाग्रीहरु भेटिएका थिए । लगत्तै निर्माण समिति र वडाको आग्रहबमोजिम पुरातत्व विभागले तत्कालै काम रोक्न निर्देशन दिएको छ ।विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले ऐतिहासिक तथा पुरातात्विक स्थलहरुमा कुनैपनि निर्माण कार्य गर्दा विभागको अनिवार्य सहमति आवश्यक पर्ने र कोटथुम्कामा ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माणको क्रममा जग खन्दा पुरातात्विक वस्तुहरु भेटिएकाले काम रोक्न भनिएको बताउनुभयो । कोटथुम्काको स्थलगत अध्ययन तथा अनुसन्धान गर्नुपर्ने भएकाले तत्कालै काम रोक्न विभागीय निर्णय भएको हो ।निर्माण कार्य रोक्न विभागले बेलकोटगढी नगरपालिका ५ को वडा कार्यालयलाई पत्र पठाइसकेको छ । ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माण क्रममा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत बेलकोटगढी नगरपालिका वडा नं. ५ साविक दुईपिपल गा...

बेलकोटगढीको मेयरमा हिरा पाण्डे लामाको दाबी

बेलकोटगढी।सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते तोकेपछि लोकतान्त्रिक पद्दति स्वीकार्ने सबै पार्टीहरू स्थानीय तहको चुनावमा होमिएका छन् । सरकारको नेतृत्व गर्ने मुख्य साझेदार दल नेपाली कांग्रेसले आफ्नो एकमहिने विशेष चुनावी अभियान ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ लिएर गाउँ–नगर पसेपछि चुनाव तोकिएकै मितिमा हुने सुनिश्चितता बढेको छ । नेपाली काङ्ग्रेसले स्थानीय निर्वाचनमा कसलाई टिकट दिन्छ भन्ने विषयले यतिखेर स्थानीय राजनीति गर्माएको बेला बेलकोटगढी नगरपालिका वडा नम्बर ६ कि युवा नेता ,निडर र शाहासिक महिला हिरा पाण्डे लामाले आफ्नो मेयर टिकेट दाबी गर्ने भएको Diyale News सङ्ग कुराकानीमा बताउनु भयो।लामा नेपाली कांग्रेस महिला बिभाग प्रमुख जिल्ला  सदस्य साथै  पुर्व महिला बिभाग सम्योजक समेत हुन्।  

तामाङ चिकित्सक समाज नेपालद्वारा निशुल्क स्वास्थ्य सेवा सञ्चालन।

तामाङ चिकित्सक समाज नेपाल, नेपाल तामांग घेदुङ्ग र बोधीसत्व बिहार र जनता समाज युबा संघको  संयुक्त आयोजनामा स्वास्थ्य चेक जाँच कार्यक्रमका साथै होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य परामर्श, कोभिड एन्टिजेन  टेस्टिङ  साथै स्वास्थ्य सामग्रीहरु बितरण गरेका छन्।  पहिलो दिनको कार्यक्रम मिति: २०७८ साल जेठ २६ गते सैलुङ  गाउपालिका, भुरुङ गाउँ , वार्ड ३, दोलखामा गरिएको थियो।जस अन्तर्गत ५७ जनामा बिरामीहरुमा एनटिजेन कीट टेस्ट गरिएकोमा ३ पोजिटिभ देखिएको थिए।कार्यक्रम पश्चात् बिरामीहरुमा मनोबल बढाउने उदेश्यले जनतामुलक सन्देश र स्वस्थ्य परामर्श समेत दिएका थिए। दोस्रो दिनमा सैलुङ गाउँपालिका ,भैसे गाउँ , वार्ड ८, दोलखामा बिहान ५ बजे देखि बेलुका ८ बजे सम्म ४१ जना बिरामीको एनटिजेन कीट टेस्ट गरिएकोमा ११ जनाको पोजेटिभ देखिएको हो।समयको अभावको कारण बिरामीको परिक्षण नभ्याएको भन्दै स्थानीयका अनुरोधमा  कार्यक्रम एक दिन थप गरि भैसे गाउँ , वार्ड ८मा पुनः तेस्रोदिन कार्यक्रम  सञ्चालन गरिएका थिए। उक्त कार्यक्रमको बिछ स्वस्थ्य  सामाग्री वितरण समेत गरिएको थियो।जस अनुसार स्वास्थ्य साम...

नेपाली काङ्ग्रेस बेलकोटगढीबाट उपमेयरको लागि तामाङको उम्मेद्बारी दाबी

बेलकोटगढी-डिलबहादुर लामा। चुनावी माहोल तात्दै गर्दा विभिन्न पार्टीको कार्यकर्ताहरुद्वारा पार्टीभित्र उम्मेदवारीको दाबी गर्ने क्रम बढिरहेका छन्।त्यस्तै आउने बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि नेपाली काङ्ग्रेस बेलकोटगढी नगरपालिकाबाट  सुनिमा थिङ तामाङले पनि उप मेयरको उम्मेदवारी दाबी गर्ने भएको छ।युवा जोस ,जागर र  पार्टीमा निरन्तर सक्रियता रहेका उनी अबको स्थानीय निर्वाचनका लागि उम्मेद्बारी दाबी गर्दै गरेको उहाँले बताउनु भयो।उहाँ आजको युगले खोजेको शिक्षित उम्मेदवारको मध्ये एक हुन्। बेलकोटगढी-६ गैराघर,नुवाकोट माइतीघर रहेका तामाङ सोही ठेगानाका ४ नम्बर स्थायी बासिन्दा समेत हुन्।उनको शैक्षिक योग्यता भने व्यवस्थापन संकायमा दस जोडा दुई (१०+२) उतिर्ण रहेको छ।समाजसेवा गर्दागर्दै राजनीतिमा प्रवेश गरेको ऊनी विभिन्न संघ संस्थाहरुमा आबद्ध रहि सामाजिक कार्यहरु धेरैमा अग्रसर रहि आएका छन्।२०७२ सालको महाभुकम्पको चपेटामा परेको समयमा समेत नागरिकहरुलाई राहत वितरण कार्यमा महत्वपूर्ण भुमिका निर्बाह गरेकी थिइन्।उनलेे लामो समयसम्म सामाजिक परिचालिकाको रूपमा एउटा जनप्रतिनिधिको भुमिका बहान गर्दै आए...

बेलकोटगढी-४का विभिन्न पार्टीका युवाहरु धमाधम काङ्ग्रेसमा प्रवेश

बेलकोटगढी।नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य, प्रतिवान नेता एवम् माननीय संघिय सांसद  बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा बेलकोटगढी -४ नेपनेमा आज वडाबासीहरुसङ्ग भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।लामाद्वारा हाल कोरोना भाइरस कोभिड १९ को महामारीको विषम् परिस्थितिमा पनि नुवाकोटका बेलकोटगढी ४ नेपनेमा वडाबासीहरुसङ्ग भेटघाट र  आउदै गरेको दशै तिहार तथा छठ लगायतका नेपालीहरुको महान पर्वहरुको  शुभकामना आदन प्रदान  गर्ने कार्य भएको हो। उक्त कार्यक्रममा स्थानीयहरुको उल्लेखनिय उपस्थित रहेका थिए।कार्यक्रममा साविकको  दुईपिपल गाउँ विकास समितिका पुर्व अध्यक्ष इन्द्र लामा,युवा तथा समाजसेवी शेरब लामा,प्रकाश रिजाल,सोनम लामा,वडा नम्बर ४का नेपाली काङ्ग्रेसका सभापति लक्ष्मण तामाङ,प्रत्याशी नगर प्रमुख यादव नेपाल, साबिकको दुईपिपल गाउँ विकास समितिका नेपाली काङ्ग्रेस पार्टी सभापति  मदन भुजेल,युवा तथा समाजसेवी रामचन्द्र लामा,बाबुराम तामाङ,प्रेम तामाङ ,लगायतका  उपस्थित रहेका थिए।सोही कार्यक्रमको बिच राप्रपा,पु...