भगवती खनाल"सुनाखरी"-गजल
१.
कमजाेरलाई हो लुट्न खाेज्नेकाे जमात देखिन्छ।
शिरमै टेकेर त्यो उठ्न खाेज्नेकाे जमात देखिन्छ।।
व्वाँसाहरुलाई त खानैकाे मात्र चिन्ता हुँदाे हाेला।
र पाे मरेको लाश थुत्न खाेज्नेकाे जमात देखिन्छ।।
मुटु वजारमा लगेर वेच्न नदिनेहरुलाई।
रिसले आगाे भई कुट्न खाेज्नेकाे जमात देखिन्छ ।।
ए फूलहरु अलि चनाखाे हुनु भमरा छेउमा।
नफक्रदै काेपिला भुट्न खाेज्नेकाे जमात देखिन्छ ।।
२.
कतै मर्याे राेगले मान्छे हो श्वास नपाएर।
कतै मर्छ भाेकले त्यो मान्छे गाँस नपाएर।
त्यसै मर्छ फूल रङ्गिचङ्गी हुन्छु भन्दाभन्दै ।
काेहि मर्छन् यहाँ आफ्न्तकाे विश्वास नपाएर।।
मर्नु त छ जिन्दगीमा लौ अमर काेहि छैन।
भन्ने जान्दाजान्दै छाड्छन् माटाे बास नपाएर।।
मर्ला हावा अनि मर्ला पानी प्रकृतिको पेवा।
मन नै मर्ला सवकाे उसै आस नपाएर।।
३.
एउटा झुट त्यो लुकाउन कति झुट वाेल्छौ प्रिय।
झुटाे वाेल्दा वाेल्दै एकदिन आफ्नो पाेल खाेल्छौ प्रिय।।
कस्तो रैछ चाह तिम्रो सवलाई जालभित्र पार्ने।
अरुलाई हो पीडा दिई त्यसै तनाव माेल्छौ प्रिय।।
आफ्नो कारण कसैको नी आँसु झर्नु राम्रो होइन ।
अमृत र विष यहाँ किन सँगै राखी घाेल्छौ प्रिय।।
लेखक-भगवती खानाल-सुनाखरी
त्रिशुली,नुवाकोट
Comments