Skip to main content

बेलकोटगढी ९ मा साझेदारी कुवा निर्माण कार्य सम्पन्न

बेलकोटगढी|देशभर सञ्चालनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रम नुवाकोटको बेलकोटगढी नगरपालिकाले पनि सञ्चालन गरिएको छ।जस अन्तर्गत आर्थिक वर्ष २०७७/७८ का लागि नगरको वडा नम्बर ९मा साझेदारी कुवा निर्माण कार्य सम्पन्न गरिएको छ।उक्त प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरतहरुद्वारा गरिएको साझेदारी कुवा निर्माणमा सुचिकृत लाभग्राहीहरुले खुशी व्यक्त गरिएका छन्।प्राविधिक लागत अनुमानमा समयमा नै काम सम्पन्न भएको समेत रोजगार सेवा केन्द्र बेलकोटगढी नगरपालिका नुवाकोटले जनाएको छ।निर्माण कार्यमा रहेका युवाहरूको सक्रियता र उत्साहीलाई उच्च मूल्यांकन  गर्दै रोजगार सेवा केन्द्र बेलकोटगढी  नगरपालिका नुवाकोटले बधाई समेत दिएका छन् ।

Comments