बेलकोटगढी। नुवाकोटको बेलकोटगढी नगरपालिका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी र जेष्ठ नागरिक मञ्चले नगरपालिकाले चार वर्षमा गरेको कामबारे ध्यानाकर्षण गराएका छन् । उनीहरुको संयुक्तरुपमा नगरप्रमुख राजेन्द्र रमण खनाललाई पत्र बुझाउँदै चार वर्षमा नगरप्रमुखले प्रभावकारी काम गर्न नसकेको र आवश्यक समन्वय समेत नगरेको भन्दै ध्यानकार्षण भएको जनाएका हुन ।
चार वर्षमा विकास निर्माणका नाममा सडक निर्माणमा अवौं रुपैयाँ खर्च गरेपनि देखिने र जनताले महसुश गर्ने गरी कुनै सडक नबनेको, कृषि क्षेत्रको विकास गर्न किसानका लागि आएका अनुदानहरु किसानको आतमा नपुगी पहुँचको भरमा आफ्ना आसेपासेलाई बाढेको आरोप छ । त्यस्तै शिक्षा र पर्यटन क्षेत्रको विकासमा पनि कुनै काम गर्न नसकेका उनीहरुको आरोप छ ।
गिटी, ढुंगा, बालुवा उत्खन्नका लागि वैधाकि विधि बनाउनुपर्ने, पोल्टिफर्म र सहकारी अनुमति तत्काल खोल्नुपर्ने, निर्माण व्यवसायी इजाजात पत्र नगरपालिका मार्फत वितरण गर्नुपर्ने, नगरपरिषद्मा पार्टीको सम्मानजनक सहभागिता हुनुपर्ने, नगरस्तरीय फुटबल तथा खेलमैदान पायक पर्ने स्थानमा बनाउनुपर्ने, एक घर एक धारोका लागि बजेट विनियोजना गर्नुपर्ने लगायतका माग राखेका छन् ।
Comments