जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबारको बैठकको निर्णयअनुसार जनस्वास्थ्यका मापदण्ड अपनाएर जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिइएको हो । वैशाख १६ देखि कैलालीमा जारी निषेधाज्ञामा सार्वजनिक यातायतहरु सञ्चालन गर्न दिइएको थिएन ।
जिल्लाभित्र जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी बिहान ०६ बजेदेखि साँझ ७ बजेसम्मका लागि सवारी साधन सञ्चालन पाइने छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजालले स्वास्थ्य मापदण्ड पालन गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न आदेश दिएका थिए ।
जारी आदेशअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सिट क्षमताभन्दा बढी यात्रु नराखेर जिल्लाभित्र मात्र सार्वजनिक सवारी साधन चलाउन पाइनेछ । चालक, सहचालक र कन्डक्टरले मास्क र पञ्जा अनिवार्य रुपमा लगाउनु पर्नेछ ।
अटो, मोटरसाइकल र स्कुटीमा पनि जोरबिजोर जारी रहने प्रमुख जिल्ला अधिकारी रिजालले बताए। अत्यावश्यक सेवामा सञ्चालन हुने सवारी साधन भने निर्वाधरूपमा सञ्चालन गर्ने दिइने भएको छ ।
Comments