करण तामाङ । फूलमाया तामाङकाे अवाजमा रहेको तामाङ भाषाकाे गित “नाम्स खानारी”ले चर्चा बटुल्न थालेको छ । पुरुष अवाजमा राेज तामाङकाे अवाज , अभिनयमा एरिन तामाङ र सुनिता बाईवा तामाङ , लाेकप्रिय गायक तथा संगितकार जनक लामाकाे संगित , जाेन राईकाे निर्देशन र तेजमान तामाङले शब्द रचना रहेको तामाङ भाषाकाे “नाम्स खानारी” पछिल्लो समयमा लाेकप्रियता कायम गर्न सफल रहेकाे हाे ।
गितलाई सबैले माया गर्दिनु भएकोमा भगवानरुपी दर्शक महानुभावहरुमा हाम्रो संवाददाताहरूसँग कुरा गर्दै गायिका फूलमाया तामाङले कृतज्ञता ज्ञापन गर्नुभएको छ ।
गायिका तामाङले अहिलेसम्म तीन दर्जन भन्दा बढी गितहरुमा अवाज दिई सक्नु भएको छ।पूरा भिडियो हेर्नका लागि दिएको लिंक थिच्नुहोला।
Comments