सिजो कविता
- श्रीराम श्रेष्ठ
१.
अँध्यारो आधारात संझनामा तिम्रो याद
कोल्टदै निदाउन नसकेको अवस्थामा
जिस्कायो आँखा तरेर तिम्रो मेरो सम्बन्ध ।
२.
घामको उज्यालोमा रमाइलो अनुभूति
समय पर्खिबसे रोकिएन मेरा लागि
अन्तत जिउनै पर्यो भाताभुङ्ग जीवन ।
३.
निधार खाली रह्यो तिहारको समयमा
प्रदेस गएकाले बहिनीको मन रोयो
सम्झना मडारिएर देखा पर्यो तिहार !
४.
राखेको तिमीलाई हृदयको छहारीमा
ममता जगाउनु पर्ने थियो तिमीबाट
मरेको जीवन कथा अल्झिरह्यो हाँसेरै ।
५.
राखेको तिमीलाई हृदयको छहारीमा
ममता जगाउनु पर्ने थियो तिमीबाट
मरेको जीवन कथा अल्झिरह्यो हाँसेरै ।
६.
संयोग भन्नैपर्छ भेटघाट तिम्रो मेरो
विश्वास गरेकै हो घात भयो तिमीबाट
ढिला भो प्रेम प्रस्ताव यो मनले स्वीकार्न ।
Comments