Skip to main content

बिसोकुसेकिका कविता - श्रीराम श्रेष्ठ

 बिसोकुसेकिका कविता 

- श्रीराम श्रेष्ठ 




१.

अस्थिरपञ्जर

गरिबीले च्यापिदा

भोको पेटमा

रोगसँग लडेर

हराउँदा आफैमा

स्वीकारेँ मृत्यूलाई ।

२.

एक्लो जोवन

स्वतन्त्र मनभित्र 

माया जागेको

कोमल मन हुँदा 

चन्चलता बनेर

मायाको बिउ रोप्दै ।

३.

अँध्यारो छाया

भूत बन्दै तर्सायो

गड्यो वितृष्णा 

मन खुकुलो पार्दा

हेपिएर खुम्चेको

सम्झिए आफ्नो गल्ती ।

४.

खुसी प्रफुल्ल 

आँटेको काम पुरा

सपना साँच्दै

फराकिलो सोचाइ

दिवा स्वप्न सम्झेर

गन्तव्य चुम्न खोज्दै ।

५.

ठिङ्ग अभाव 

जीवन सङ्घर्षमा

रित्तो सपना 

चुपचाप घुरेको

समयले जिस्कायो

दुलो छिर्दै लुकेको ।

६.

युद्धभूमि रे

जीवनको मैदान

निडर बन्दै

सङ्घर्षमा होमिँदा

इज्जत अँगाल्दैमा

बेहोछौ सुखदुःख ।


Comments