बुसोकुसेकिका कविता
- श्रीराम श्रेष्ठ
१.
बहानाबाजी
आँखा चिम्ली बसेको
डरायो निद्रा
निदाउने प्रयास
अँध्यारो मडारिदा
उज्यालो तेर्सिएको ।
२.
दयालु मान्छे
समस्या विकराल
चिम्लेको आँखा
पीडाले जिस्काएको
रमिते बनिी बस्दा
डरले मुटु कामेछ ।
३.
असह्य पीडा
आफैभित्र दबाएँ
बसेर मौन
समय बित्दै जाँदा
गुम्स्यो रहरहरु
छाया पर्दै जिन्दगी ।
४.
होलिको दिन
रङसँग खेलेको
नक्कली हाँसो
शरीर रङ्ग्याउँदै
खुसी लिन खोजेको
नौटङ्की रुप देखेँ ।
५.
रानीपोखरी
जमेको पानीसँग
मितेरी गाँस्दै
चिहाउन खोजेछ
पानीको भुल्का देख्दा
आकासिने रहर ।
६.
खोलाको छाल
शक्तिशाली बनेर
खुम्चेको धार
छरिएको पानीमा
माछा पौडन खोज्दा
रुझ्दै थाकेको मन ।
Comments