बुसोकुसेकिका कविता
- श्रीराम श्रेष्ठ
१.
धान्दै इज्जत
समाजमा ठडिएँ
नाङ्गो सपना
आँखाभरि उज्यालो
कम्मर कसेरे नै
पीडा बोक्दै बाँचेको ।
२.
पातको शीत
घामको चुम्बनमा
बाफिलो मन
आफैभित्रको रिस
भौँतारिँदा सन्केको
ओइलिएको रुप ।
३.
लोकतन्त्रमा
निरङ्कुस लादेको
लाग्यो सपना
आन्दोलन मच्चिँदा
अघिअघि बढेको
सम्झे गोलाबारुद ।
४.
प्रेमको फूल
गन्तव्य असीमित
गम्दै अडिएँ
आफैलाई बिर्सेर
झटारो हान्न थाल्दा
मेहनत नै व्यर्थ ।
५.
न्यानो अँगालो
आत्मीयता साटेको
मनै चञ्चल
संसार जितिसक्दा
खुसीको फुलवारी
वासनाले उन्मक्त ।
६..
निरीह मान्छे
जिन्दगीको यात्रामा
झेल्दै तनाव
जान्दाजान्दै हौसिँदा
मौनताअँगालेको
खोक्रो बन्यो जीवन ।
Comments