सिजो कविता
- श्रीराम श्रेष्ठ
१.
आपत्ती खेप्दै जादा नाङ्गो मन छरिएछ
मान्छेको चरित्रमा हिलो छ्याप्ने जतासुकै
कारण बिनाको शङ्का पचाउने फलाम ।
२.
सम्बन्धै तोडेपछि देखापर्नु ब्यर्थ हुन्छ
नगरौ रिसराग आफ्नो सुर आफै गरौ
नदीको दुई किनारा तिमी पारि म वारि ।
३.
कसम खाएपछि दह्रो मन हुनुपर्छ
बोलेको कुरालाई आफ्नो ठान्न सक्नुपर्छ
सत्यता सबैको प्रिय बचाउन गाह्रो छ ।
४.
अमुल्य जीवनमा बुझ्नुपर्छ आफैलाई
सङ्घर्स गाथा बोक्दा खुट्टा चाल्न जान्नैपर्ने
अडेको समय सीमा बचाएर हेरेमा ।
५.
भाग्यले साथ दिंदा सफलता मिल्दै जान्छ
बुझेर खुसीलाई अँगालोमा बेर्नुपर्छ
सम्झेर कर्तब्यबोध भइदैन निराश ।
६.
रहस्य खोजी गर्दै आफैलाई भुलेपछि
बाध्यता बिताउदै घमण्डमा फसेपछि
बेकार शङ्कामा फस्दा चिप्लिएछ समय ।
Comments