हाइकु
- श्रीराम श्रेष्ठ
हाइकु
१.
दशैँ तिहार
रमाइलो मानिन्छ
टोकेर जिब्रो !
२.
साइनो जोडेँ
विश्वास साटे पनि
धोका उम्रियो !
३.
विश्वास गर
बनेर फराकिलो
खुम्चेला आफै !
४.
जुवाडे बन्छौँ
आफैलाई बिर्सेर
चिम्लदै आँखा !
५.
हारेको युद्ध
सम्झन्छु सधैंजसो
आपत पर्दा ।
६.
आँखा चिम्लदै
मायाको अङ्गालोमा
सपना हास्यो ।
७.
एकान्त बास
मनमा कुरा खेल्यो
भुँइ रित्तो छ ।
८.
तानेर हाले
रित्तियो पानी सबै
मन बुझेन ।
९.
कालो पोखरी
स्पर्श गर्न खोजेको
आएछ वान्ता ।
१०.
आगोको लप्का
सबैतिर छरिदा
खरानी मन ।
११.
जाडो छ अति
हिउँको थुप्रोभित्र
खोजिदै तातो ।
Comments