सेडोका कविता
- श्रीराम श्रेष्ठ
१.
मायाको बाटो
तगारो बिछ्याउँदा
गन्तव्य नै रोकिने ।
साँघुरिएछ
पन्छाई मनलाई
चुम्नुपर्छ उद्देश्य ।
२.
कपटी माया
विश्वास गर्न गार्हो
मन सधैँ शङ्कालु ।
बैगुनी हुँदा
चुलिएको झगडा
परालको आगो भो ।
३.
पुरानो माया
आँखा भित्रै टाँसिदा
हुन पुगे भावुक ।
ताजा सम्झना
जिस्काउँछ यादले
पुगेछु टोलाउन ।
४.
प्रेम प्रस्ताव
हतारमा राखेको
करेन्ट बन्दै टाँस्यो ।
हृदय खोल्दै
नाता गाँस्न खोजेको
जागेको माया साटिँदै ।
५.
मायालुलाई
अँगालोमा बाँधेर
खोजेको साट्न ।
दिलकी रानी
जिस्क्याउँन आउँछ
घाइते मन बोक्दै ।
६.
टाढाको माया
बिर्सन खोजे पनि
भूत बन्दै तर्सायो ।
लामो समय
अतीतका घटना
सम्झिदिँदा आनन्द ।
Comments